स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकबिहीन

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०८०
|
|
५० पटक हेरिएको
Shares
स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकबिहीन

सारांश

  • भजनी ।
  • कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् ।
  • सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् ।

भजनी । कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् ।

नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताए । नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ । चौधरीले भने, “चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ ।”

सङ्घी सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताए । पहिलो किस्तामा रु एक करोड ९२ लाख र दोस्रो किस्तामा रु ४२ लाख पठाएको थियो । चालु आवमा रु एक करोड ४२ लाख बजेट उपलब्ध भएको उनले बताए । चौधरीले भने, “स्थानीय तहले बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन ।”

तत्काल नगरपालिकाबाटै भए पनि दुई महिनाको तलब उपलब्ध गराउन स्वास्थ्यकर्मीले माग गरेका छन् । नगरपालिकाका प्रमुख केवल चौधरीले स्वास्थ्यकर्मीको समस्या नगरपालिकाले समाधान गर्न नसक्ने बताए । स्वास्थ्यकर्मीलाई तलव खुवाउने जिम्मा सङ्घीय सरकारको भएको उनको भनाइ छ ।

“कर्मचारी सङ्घीय सरकारबाट आएका हुन् । उनीहरूको सेवासुविधा सङ्घीय सरकारले नै बेहोर्नुपर्छ”, नगरप्रमुख चौधरीले भने, “हामीले नियुक्त गरेका कर्मचारीको सेवासुविधा रोकेका छैनौँ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

द आर्ट लिभिङ पोखराले अन्तराष्ट्रिय योगा दिवस फेवा किनारामा
द आर्ट लिभिङ पोखराले अन्तराष्ट्रिय योगा दिवस फेवा किनारामा
जग्गा नापजाँच द्रुतगतिमा अघि बढाउन माग
जग्गा नापजाँच द्रुतगतिमा अघि बढाउन माग
आजदेखि हुने कडा लकडाउनमा पास बिना चल्न पाउने सवारी र पास कसरी लिने ?
आजदेखि हुने कडा लकडाउनमा पास बिना चल्न पाउने सवारी र पास कसरी लिने ?
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त
मूर्तिकला हेर्न टेउवामा आन्तरिक पर्यटकको भीड
मूर्तिकला हेर्न टेउवामा आन्तरिक पर्यटकको भीड
जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान
जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान
राजपा नेतालाई उपेन्द्र यादवको चुनौती- आरोप पुष्टि गर, नभए माफी माग
राजपा नेतालाई उपेन्द्र यादवको चुनौती- आरोप पुष्टि गर, नभए माफी माग
विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश
विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश
कमल थापाको राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु पदमुक्त
कमल थापाको राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु पदमुक्त
राज्यले न्याय दिनेमा निर्मला पन्तकी आमा दुर्गादेवीलाई अझै आशंका
राज्यले न्याय दिनेमा निर्मला पन्तकी आमा दुर्गादेवीलाई अझै आशंका