कमल थापाको राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु पदमुक्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कमल थापाको राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु पदमुक्त

सारांश

  • काठमाडौं, ५ भदौ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिमा अब प्रत्येक जिल्लाबाट कम्तिमा एकजना अनिवार्य रहने व्यवस्था गरिएको छ ।
  • राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।

काठमाडौं, ५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिमा अब प्रत्येक जिल्लाबाट कम्तिमा एकजना अनिवार्य रहने व्यवस्था गरिएको छ । राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।

राप्रपाको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिका अनुसार गत जेठमा विरगञ्जमा सम्पन्न केन्द्रीय परिषद बैठकले विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठन गरेको उपसमितिले प्रतिवेदन प्रस्तुत गरेको छ । उपसमितिले प्रस्ताव गरेअनुरुपको प्रतिवेदन संशोधनसहित पारित पनि गरिएको छ । संशोधित विधानअनुसार अब पार्टीको केन्द्रीय कार्यसमिति २ सय ७७ सदस्यीय हुने र प्रत्येक जिल्लाबाट कम्तिमा १ जना अनिवार्य रहने व्यवस्था भएको हो ।

विज्ञप्तिका अनुसार पार्टीको महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यबाट चयन हुने व्यवस्था गरिएको छ । विधानमा उल्लेख भएका पदाधिकारीहरु मध्ये ५०५ महाधिबेशनबाट निर्वाचित हुने र ५०५ अध्यक्षबाट मनोनीत हुनेछन् । त्यसैगरी राप्रपाको संशोधित विधानको भावना अनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरु नयाँ ढंगबाट पुनर्गठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका पार्टीका सबै केन्द्रीय पदाधिकारीहरुलाई आजकै मितिबाट पदमुक्त गरिएको छ ।

गत जेठमा सम्पन्न केन्द्रीय परिषद बैठकको निर्णय अनुसार देशका सबै प्रदेश र स्थानीय तहहरुमा पार्टीको संगठनलाई सुदृढ ढंगले पु¥याउन विशेष अभियान सञ्चालन गर्ने निर्णय पनि भएको छ । यस क्रममा संगठन विभाग र हिन्दुराष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियान सम्बन्धी दुई छुट्टाछुट्टै कार्ययोजनालाई बैठकले अनुमोदन गरेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?