एसिसी प्रिमियर कप : युएई विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०८०
|
|
४२ पटक हेरिएको
Shares
एसिसी प्रिमियर कप :  युएई विजयी

सारांश

  • काठमाडौँ ।
  • राजधानीमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा युएईले कुवेतलाई पराजित गरेको छ ।
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा युएईले कुवेतलाई एक सय ४३ रनले पराजित गरेको हो ।

काठमाडौँ । राजधानीमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा युएईले कुवेतलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा युएईले कुवेतलाई एक सय ४३ रनले पराजित गरेको हो ।

युएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २२८ रनमा समेटियो । कुवेतका लागि सायद मोनिबले ३६ बलमा ६८ रन बनाए भने प्रविन्दर कुमारले २६ बलमा ५३ रन बनाए । कप्तान मोहम्मद अस्लामले ३६ बलमा ३३ रन बनाए ।

युएईका लागि जुनेद सिद्धिकी र कार्तिक मैयप्पनले समान ३/३ विकेट लिए भने जाहोर खान, रोहन मुस्ताफा, सचित शर्मा र आयान खानले समान १र१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योफगल बनाएको थियो ।

युएईका लागि वृत्य अरविन्द र रोेहन मुस्तफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए ।

त्यस्तै मुस्तफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा ११८ रन बनाए । आसिफ खानले ३० रन जोडे ।

कुवेतका लागि शाहरुख क्युदुस र प्रविन्द्र कुमारले दुईरदुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एकरएक विकेट लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाले पर्यावरण र किसानलाई राहत
वर्षाले पर्यावरण र किसानलाई राहत
भुम्लुका पूर्जाविहीनका समस्यामा मन्त्री श्रेष्ठको चासो
भुम्लुका पूर्जाविहीनका समस्यामा मन्त्री श्रेष्ठको चासो
काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता
काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता
मन्त्री हुँदा श्रमिकका गुनासो सुनेनन्, आफैं गुनासो गरेर बाहिरिए सूर्यमान
मन्त्री हुँदा श्रमिकका गुनासो सुनेनन्, आफैं गुनासो गरेर बाहिरिए सूर्यमान
शिक्षा मन्त्रालय र विभागले लुकायो पियन र पालेको दरवन्दी !
शिक्षा मन्त्रालय र विभागले लुकायो पियन र पालेको दरवन्दी !
साउदीमा रोजगारदाताले नै बनाउँछन् नेपालीलाई गैरकानुनी
साउदीमा रोजगारदाताले नै बनाउँछन् नेपालीलाई गैरकानुनी
घरको छतबाट खसेर रवि लामिछानेका निजी चालक घाइते
घरको छतबाट खसेर रवि लामिछानेका निजी चालक घाइते
तुलनात्मकरुपमा नेपालको संविधान सर्वस्वीकार्य : सुवासचन्द्र नेम्वाङ
तुलनात्मकरुपमा नेपालको संविधान सर्वस्वीकार्य : सुवासचन्द्र नेम्वाङ
मनाङमा वैशाखमा मात्रै तीन हजार दुई सय पर्यटकले गरे भ्रमण
मनाङमा वैशाखमा मात्रै तीन हजार दुई सय पर्यटकले गरे भ्रमण
पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल स्थापना गर्ने
पोखरा विश्वविद्यालयले आफ्नै अस्पताल स्थापना गर्ने