उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
२९ पटक हेरिएको
Shares
उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री

सारांश

  • काठमाडौं ।
  • उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने बताएका छन्।
  • आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले भने, ‘यस बीचमा सर्वोच्च अदालतको प्रधानन्याधीशको नियुक्ति, सुनुवाइ समितिको निर्माण, संवैधानिक परिषद्सँगसम्बन्धित ऐन पेश भइसकेको छ त्यसलाई पनि अघि बढाउने गरी प्रक्रिया अघि बढेको छ ।

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने बताएका छन्।

आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले भने, ‘यस बीचमा सर्वोच्च अदालतको प्रधानन्याधीशको नियुक्ति, सुनुवाइ समितिको निर्माण, संवैधानिक परिषद्सँगसम्बन्धित ऐन पेश भइसकेको छ त्यसलाई पनि अघि बढाउने गरी प्रक्रिया अघि बढेको छ ।’ उनले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली करिडोरलाई प्राथमिकतामा राखिने बताए ।

‘अहिले मुलुकको अर्थतन्त्रको अवस्था अप्ठ्यारो छ त्यसका बाबजुत पनि कर्णाली करिडोरको सडकलाई राष्ट्रिय प्राथमिकताको राखेर बहुवर्षीय योजनामा अगाडि बढाउने योजनामा छाैँ’, खड्काले भने । यसका लागि कर्णालीबाट सङ्घमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरुले प्राथमिकताका साथ काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

साथै, हाल रत्नराजमार्गको सडकको डिपिआर तयार भइ अगाडि बढाउने काम भएको र वीरेन्द्रनगर तेलपानी भुरीगाउँ सडकलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ छ । कर्णाली र सुदूरपश्चिमलाई सङ्घीय बजेटबाट धेरै पछाडि पार्ने चलन भएको भन्दै अब यी प्रदेशमा बजेटको प्राथमितामा पारिने बताए ।

‘सम्माननीय प्रधानमन्त्री र म चुनावी अभियानको क्रममा कर्णाली आउँदा हामीले चुनाव जित्यौँ भने त्यसपछि बन्ने सरकारले बजेटमा प्राथमिकता पार्छ भनेका थियाैँ’, मन्त्री खड्काले भने, ‘यो कुरामा हामी प्रतिबद्ध छौँ । विगतमा यो प्रदेश पछाडि परेको अवस्था हो त्यसलाई चिर्दै अगाडि बढ्दैछौँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली गाँठाे पार्ने, प्रचण्ड फुकाउने, बामदेव कस्ने, माधव नेपाल हेरेर बस्ने: आजका हेडलाईनहरु
ओली गाँठाे पार्ने, प्रचण्ड फुकाउने, बामदेव कस्ने, माधव नेपाल हेरेर बस्ने: आजका हेडलाईनहरु
देउवा सरकारका सबै नियुक्ति खारेज गरेका प्रम ओलीले देउवाकी सासुलाई किन छोडे ?
देउवा सरकारका सबै नियुक्ति खारेज गरेका प्रम ओलीले देउवाकी सासुलाई किन छोडे ?
Three-member taskforce formed to investigate into Jumla clash
Three-member taskforce formed to investigate into Jumla clash
मेला हेरेर फर्कदैं गरेको बस दुर्घटनामा १६ जनाको मृत्यु
मेला हेरेर फर्कदैं गरेको बस दुर्घटनामा १६ जनाको मृत्यु
देशभरका शिक्षाविद् बुटवलमा जुट्दै
देशभरका शिक्षाविद् बुटवलमा जुट्दै
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
इटहरीका बाढीपीडित राहतको पर्खाइमा, मृतकको संख्या ९ पुग्यो/पीडित मन्दिर र विद्यालयमा ..
गोल गर्दा पनि सनले खुशी मनाएनन्
गोल गर्दा पनि सनले खुशी मनाएनन्
पहाडी र हिमाली भागमा हिउँ पर्ने, काठमाडौंमा पानी पर्यो
पहाडी र हिमाली भागमा हिउँ पर्ने, काठमाडौंमा पानी पर्यो
चर्चित अनुहार जसको हारजितले राष्ट्रिय राजनीति तरङ्गित हुने छ !
चर्चित अनुहार जसको हारजितले राष्ट्रिय राजनीति तरङ्गित हुने छ !

तपाईंले छुटाउनुभयो कि?