पहाडी र हिमाली भागमा हिउँ पर्ने, काठमाडौंमा पानी पर्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
पहाडी र हिमाली भागमा हिउँ पर्ने, काठमाडौंमा पानी पर्यो

सारांश

  • काठमाडौं ।
  • आज काठमाडौंको मौसम पानी परेका कारण चिसो महसुस भएको छ ।
  • आज दिनभर देशभर आंशिक देखि सामान्य बदलिरहने जल तथा मौसम महाशाखाले जनाएको छ ।

काठमाडौं । आज काठमाडौंको मौसम पानी परेका कारण चिसो महसुस भएको छ । आज दिनभर देशभर आंशिक देखि सामान्य बदलिरहने जल तथा मौसम महाशाखाले जनाएको छ ।

देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ । देशका केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्कादेखि मध्यम खालको सम्म हिमपात हुने सम्भावना छ ।

रातिदेखि देशको पश्चिमी भु-भागमा आंशिक बदलिरहने बताइएको छ । मध्य र पुर्वी भूभागमा सामान्य बदलिरहने देखिन्छ ।

मध्य र पुर्वी भुभागका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?