क्रिकेटर लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
सारांश
- काठमाडौं ।
- आज आइतबार नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ रोकिएको छ ।
- जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आज आइतबारका लागि तोकिएको पेसी रोकिएको हो ।
काठमाडौं । आज आइतबार नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ रोकिएको छ ।
जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आज आइतबारका लागि तोकिएको पेसी रोकिएको हो ।
आइतबार सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो । तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया