ड्रममा महिलाको शव भेटिएपछि अमेरिकी नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०८०
|
|
२५ पटक हेरिएको
Shares
ड्रममा महिलाको शव भेटिएपछि अमेरिकी नागरिक पक्राउ

सारांश

  • मनिला ।
  • फिलिपिन्सको राजधानी मनिलानजिकै रहेको एक घरमा फिलिपिनो प्रेमिकाको शव ड्रममा फेला परेपछि एक ७१ वर्षीय अमेरिकी पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
  • बाकुर शहरको प्रहरीले एएफपीलाई दिएको जानकारीअनुसार मनिलास्थित आफ्नो घरमा फोहोरको झोला र डक्ट टेपमा सिल गरिएको निलो ड्रमभित्र ४८ वर्षीया महिलाको शव फेला परेपछि मङ्गलबार उनलाई पक्राउ गरिएको हो ।

मनिला । फिलिपिन्सको राजधानी मनिलानजिकै रहेको एक घरमा फिलिपिनो प्रेमिकाको शव ड्रममा फेला परेपछि एक ७१ वर्षीय अमेरिकी पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

बाकुर शहरको प्रहरीले एएफपीलाई दिएको जानकारीअनुसार मनिलास्थित आफ्नो घरमा फोहोरको झोला र डक्ट टेपमा सिल गरिएको निलो ड्रमभित्र ४८ वर्षीया महिलाको शव फेला परेपछि मङ्गलबार उनलाई पक्राउ गरिएको हो ।

महिलाका वयस्क छोराले उनी चार दिनदेखि बेपत्ता रहेको जानकारी दिएको केही घण्टापछि प्रहरीले उक्त ठेगानाको निरीक्षण गरेको थियो । उनका छोराले पनि अधिकारीहरूलाई त्यहाँ ‘दुर्गन्ध’ आएको बताएका थिए ।

प्रहरीले तीन वटा चक्कु र एक थान डोरी समेत बरामद गरेको छ भने हत्याको आशङ्कामा उनलाई नियन्त्रणमा लिएको छ ।

मनिलास्थित अमेरिकी दूतावासका प्रवक्ताले एएफपीसँग भने, “हामीलाई यो घटनाबारे जानकारी छ । अमेरिकी प्राइभेसी एक्टका कारण हामी थप जानकारी दिन सक्दैनौं ।’ महिलाको मृत्युको कारण पत्ता लगाउन शव परीक्षणको तयारी भइरहेको फिलिपिन्स प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?