आज राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०८०
|
|
४३ पटक हेरिएको
Shares
आज राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै

सारांश

  • काठमाडौं- ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ ।
  • २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए ।
  • राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

काठमाडौं- ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ ।

२०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

२९ मंसिर २०६१ मा मन्त्रिस्तरीय निर्णय गरी १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । विश्वको जनसंख्याको आधा मानिसको मुख्य खाना नै चामल हो । ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एसियामै खपत हुने गरेको छ । नेपालमा धानको उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धिदर बढ्ने गरेको छ ।

नेपालमा अधिकांशको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान छुपुछुपु रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

आज दही-चिउरा खाएर असार १५ मनाईंदै

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही-चिउरा खान्छन् । यसबेला दही-चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही-चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही-चिउरा खाएर असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता पनि छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
रोकिएन संयुक्त सैन्य अभ्यास, रोक्न उत्तरको आग्रह
रोकिएन संयुक्त सैन्य अभ्यास, रोक्न उत्तरको आग्रह
छुट्टाछुट्टै दुर्घटनामा तिनको मृत्यु, चार घाइते
छुट्टाछुट्टै दुर्घटनामा तिनको मृत्यु, चार घाइते
पशुपतिनाथ मन्दिर प्रवेश गर्न तीन मार्गको व्यवस्था
पशुपतिनाथ मन्दिर प्रवेश गर्न तीन मार्गको व्यवस्था
सरकारको आयुवारे प्रधानमन्त्री ओली किन सशंकित ?
सरकारको आयुवारे प्रधानमन्त्री ओली किन सशंकित ?
प्रधानमन्त्रीले गरे चोभार सुख्खा बन्दरगाहको उद्घाटन
प्रधानमन्त्रीले गरे चोभार सुख्खा बन्दरगाहको उद्घाटन
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
निर्वाचनको बेला गरिएका बाचा पूरा हुन्छ : राज्यमन्त्री बाँस्कोटा
बर्लिनमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर
बर्लिनमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाेलेकाे गलत साबित हुँदै,  यो वर्ष पनि ठूलो रकम फ्रिज
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाेलेकाे गलत साबित हुँदै, यो वर्ष पनि ठूलो रकम फ्रिज