रेसुङ्गा-अयोध्या सम्बन्ध विस्तार गर्नुपर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०८०
|
|
४६ पटक हेरिएको
Shares
रेसुङ्गा-अयोध्या सम्बन्ध विस्तार गर्नुपर्ने

सारांश

  • तम्घास ।
  • अयोध्यादेखि रेसुङ्गासम्मको सम्बन्ध विस्तारका लागि गुल्मीको रेसुङ्गामा धार्मिक महोत्सव सञ्चालन भइरहेको छ ।
  • ‘श्रीराम महायज्ञ कथावाचन महामहोत्सव तथा विराट सन्तभक्त दर्शन’ नाम दिइएको महोत्सव ३१ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

तम्घास । अयोध्यादेखि रेसुङ्गासम्मको सम्बन्ध विस्तारका लागि गुल्मीको रेसुङ्गामा धार्मिक महोत्सव सञ्चालन भइरहेको छ । ‘श्रीराम महायज्ञ कथावाचन महामहोत्सव तथा विराट सन्तभक्त दर्शन’ नाम दिइएको महोत्सव ३१ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

रेसुङ्गा र अयोध्याबीच त्रेता युगदेखि सम्बन्ध भए पनि धार्मिकसम्बन्ध प्रगाढ बन्न नसकेको भन्दै अयोध्याबाट यहाँ आएका योगी शम्भुनाथ जी महाराजले रेसुङ्गा क्षेत्रलाई धार्मिक गन्तव्यका रुपमा विकास गर्न आफूले सहयोग गर्ने बताए ।

उनले आयोध्याका राजा दशरथलाई सन्तान प्राप्तिको लागि रेसुङ्गाका ऋष्यश्रृङ्गे ऋषिले खेलेको भूमिका भारतमा व्यापकरुपमा प्रचार भए पनि रेसुङ्गा क्षेत्रपछि पर्नु दुर्भाग्यको विषय भएको बताए ।

धार्मिक महोत्सव तथा सन्त सम्मेलनले रेसुङ्गाको अयोध्यासँग त्रेतायुगदेखिको सम्बन्ध विस्तारसँगै साधुसन्तको आवतजावतमा वृद्धि गराउने उनको विश्वास छ ।

धार्मिक महोत्सवका अवसरमा योगी शम्भुनाथ जी महारा, स्वामी राजेन्द्रनन्द जी महाराजलगायतका साधु सन्तद्वारा महायज्ञ पनि सञ्चालन गरिएको रेसुङ्गा संरक्षण समितिका सचिव गोपाल पन्थीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाकुको आह्वान : कार्वन उत्सर्जन रोकौं, पृथ्वी जोगाऔं
बाकुको आह्वान : कार्वन उत्सर्जन रोकौं, पृथ्वी जोगाऔं
विश्वकप फुटबल: १९९४ अमेरिका देखी २०१४ ब्राजिल सम्म यस्ताे छ इतिहास !
विश्वकप फुटबल: १९९४ अमेरिका देखी २०१४ ब्राजिल सम्म यस्ताे छ इतिहास !
योङ्ग कम्युनिष्ट लीग, नेपालले निकाल्याे  वक्तव्य!
योङ्ग कम्युनिष्ट लीग, नेपालले निकाल्याे वक्तव्य!
फिल्म समीक्षा : सेल्फी किंङको सतही संवेदना
फिल्म समीक्षा : सेल्फी किंङको सतही संवेदना
एनआरएनए पोर्तुगललाई बनाए झोले, पदाधिकारीहरुले आ–आफ्नो गोजीमा संस्था खोले
एनआरएनए पोर्तुगललाई बनाए झोले, पदाधिकारीहरुले आ–आफ्नो गोजीमा संस्था खोले
गिलास लिन गएको भाइ बचाउन खोज्दा दिदीको मृत्यु, भाइ बेपत्ता
गिलास लिन गएको भाइ बचाउन खोज्दा दिदीको मृत्यु, भाइ बेपत्ता
काठमाडौं ल्याइएपछि डाक्टर गोविन्द केसीले यसो भने…
काठमाडौं ल्याइएपछि डाक्टर गोविन्द केसीले यसो भने…
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
प्रारम्भिक मत परिणामअनुसार काभ्रेमा महाभारत, चौरी देउराली, खानीखोला, भुम्लुमा नेकपा माओवादी अघि
‘उपराष्ट्रपति’मा गठबन्धनमा दुई धार
‘उपराष्ट्रपति’मा गठबन्धनमा दुई धार