लाइसेन्स नभएकालाई बचाउन खोज्दा प्रहरी नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०८०
|
|
२९ पटक हेरिएको
Shares
लाइसेन्स नभएकालाई बचाउन खोज्दा प्रहरी नियन्त्रणमा

सारांश

  • चौतारा ।
  • सवारी साधन दुर्घटना पछि बेपत्ता भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन् ।
  • र्दुघटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालकलाई बचाउन प्रहरी सामू उपस्थित भएका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाका ३० वर्षीय ईश्वर बस्नेतलाई प्रहरीले पक्राउ गरी प्रमाण दबाउन नहुने सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको हो ।

चौतारा । सवारी साधन दुर्घटना पछि बेपत्ता भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन् ।

र्दुघटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालकलाई बचाउन प्रहरी सामू उपस्थित भएका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाका ३० वर्षीय ईश्वर बस्नेतलाई प्रहरीले पक्राउ गरी प्रमाण दबाउन नहुने सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको हो ।

यही बैशाख २५ गते राति २ बजे हेलम्बु गाउँपालिका वडा नं–२स्थित ढोडेनीमा छ्वाली अनलोड गर्ने क्रममा मिनीट्रकले ठक्कर दिँदा ३० वर्षीया पेमा तामाङको घटनास्थलमै मृत्यु भएपछि चालक फरार भएका थिए ।

आफूसँग लाइसेन्स नभएका कारण फरार भएका हेलम्बु–२ का ४२ वर्षीय चालक छेनाम तामाङलाई बचाउन लाइसन्स प्राप्त निज बस्नेतले दुर्घटना भएको बेला चालक आफू रहेको भनी मेलम्ची इलाका प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

उनको बयानमा शङ्का लागेकाले अनुसन्धन गर्दा बस्नेतले घटना भएको बेलामा गाडी नचलाएको तर तामाङले नै चलाएको खुलेपछि उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना भएको बेलाका चालक तामाङसँग सवारी साधन अनुमतिपत्र नभएकाले उनलाई बचाउन लाइसन्स प्राप्त चालक बस्नेतले आत्मसमर्पण गर्न आएको प्रहरी उपरीक्षक बाल नरसिं राणाले जानकारी दिए ।

उनका अनुसार सक्कली र नक्कली दुबै चालकलाई पक्राउ गरी प्रमाण दबाउन नहुने सम्वन्धी कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध
अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
चुकन्दरको जुस पिउँदा स्वास्थ्यलाई अचम्मको फाइदा : थाहा पाउँदा छक्क पर्नुहुनेछ
चुकन्दरको जुस पिउँदा स्वास्थ्यलाई अचम्मको फाइदा : थाहा पाउँदा छक्क पर्नुहुनेछ
एएफसी-१९ मा अाज नेपाल र किर्गिजस्तान भिड्दै (टोलीको विवरणसहित)
एएफसी-१९ मा अाज नेपाल र किर्गिजस्तान भिड्दै (टोलीको विवरणसहित)
युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र
युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र
प्रदेश १ को योजना आयोगको उपाध्यक्षमा सुवोधराज प्याकुरेल नियुक्त
प्रदेश १ को योजना आयोगको उपाध्यक्षमा सुवोधराज प्याकुरेल नियुक्त
1xBet Azerbaycan Qeydiyyat Mobi AZ Yukle Elaqe Nomresi 61 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
बाँदर आतङ्कले गाउँ रित्तिँदै
बाँदर आतङ्कले गाउँ रित्तिँदै
अन्तरिक्षयात्री हुन के आवश्यक छ ?
अन्तरिक्षयात्री हुन के आवश्यक छ ?
प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने
प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने

तपाईंले छुटाउनुभयो कि?