दव्ल्याङमा पहिरो : बागलुङ कुश्मीशेरा सडक अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०८०
|
|
३७ पटक हेरिएको
Shares
दव्ल्याङमा पहिरो : बागलुङ कुश्मीशेरा सडक अवरुद्ध

सारांश

  • बलेवा ।
  • वर्षापछि आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक बन्द भएको छ ।
  • बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।

बलेवा । वर्षापछि आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक बन्द भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।

आज दिउँसोदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो । आजको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए ।

सदरमुकाम बागलुङ बजारदेखि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् । सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानहरुले प्रयास गरिरहेका छन् ।

“पहिरो अहिले नै हटाउन सम्भव नभएको बागलुङ नगरपालिकाले बताएको छ”, खड्का भन्छन्, “भोलि दिउँसोको समयमा मात्रै पहिरो पन्छाउने काम हुनेछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१६ दिने अभियान शहर केन्द्रित भए’
१६ दिने अभियान शहर केन्द्रित भए’
इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल
इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल
यी हुन् माेटरसाइकल चाेर्ने नेपाल प्रहरीका जवान
थप तीन जनामा देखियो कोरोना, संक्रमित ५७ पुगे
थप तीन जनामा देखियो कोरोना, संक्रमित ५७ पुगे
प्रदेश २ को नाममा मतदान हुँदै, दुई तिहाई कसैको नपुग्ने कारण टुंगो नलाग्ने
प्रदेश २ को नाममा मतदान हुँदै, दुई तिहाई कसैको नपुग्ने कारण टुंगो नलाग्ने
संसद अधिवेसनमा नेताहरुको हेर्नलायक घम्साघम्सी, कसले के भने ?
संसद अधिवेसनमा नेताहरुको हेर्नलायक घम्साघम्सी, कसले के भने ?
पीपीएल क्रिकेटः भेट्ला विराटनगरले १ सय ९८ रनकाे विशाल लक्ष्य ?
पीपीएल क्रिकेटः भेट्ला विराटनगरले १ सय ९८ रनकाे विशाल लक्ष्य ?
रेडियो नेपालका पहिलो गायक तथा वरिष्ठ कलाकार रिमालको निधन !
रेडियो नेपालका पहिलो गायक तथा वरिष्ठ कलाकार रिमालको निधन !
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
कम्युनिष्टहरुले मुलुकलाई आर्थिक विकासतिर जान दिँदैनन्ः विश्वप्रकाश
लायन्स अफ काठमाडौं तिलिचोको रक्तदान कार्यक्रम सम्पन्न
लायन्स अफ काठमाडौं तिलिचोको रक्तदान कार्यक्रम सम्पन्न

तपाईंले छुटाउनुभयो कि?