मदन–आश्रित स्मृति फुटबल बुधबारदेखि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २, २०८०
|
|
१९ पटक हेरिएको
Shares
मदन–आश्रित स्मृति फुटबल बुधबारदेखि

सारांश

  • काठमाडौं ।
  • बुधबारदेखि मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता हुने भएको छ ।
  • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा ६० टोलीको सहभागिता रहने छ ।

काठमाडौं । बुधबारदेखि मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा ६० टोलीको सहभागिता रहने छ ।

प्रतियोगिता यही जेठ ८ गतेसम्म चल्ने छ । प्रतियोगिताका सबै खेल लैनचौरस्थित खेल मैदानमा खेलाइने युवा सङ्घका स्थायी कमिटी सदस्य समीप त्रिपाठीले जानकारी दिए ।

प्रतियोगिताको उपाधि विजेता टोलीलाई रु तीन लाख, उपविजेतालाई रु दुई लाख र तेस्रो हुने टोलीलाई रु एक लाख पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । उनीहरुको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?