पोर्चुगलमा पनि लाग्यो महायज्ञ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • पोर्चुगल ।
  • नेपालमा मात्रै होइन, युरोपेली मुलुक पोर्चुगलमा पनि महायज्ञ गरिएको छ ।
  • विश्व शान्ति तथा सनातन धर्मको प्रचारप्रसार गर्ने उद्देश्यले पोर्चुगलमा पहिलोपटक साप्ताहिक ज्ञान महायज्ञ सकिएको छ ।

पोर्चुगल । नेपालमा मात्रै होइन, युरोपेली मुलुक पोर्चुगलमा पनि महायज्ञ गरिएको छ । विश्व शान्ति तथा सनातन धर्मको प्रचारप्रसार गर्ने उद्देश्यले पोर्चुगलमा पहिलोपटक साप्ताहिक ज्ञान महायज्ञ सकिएको छ । महायज्ञमा त्यहाँ रहेका नेपाली तथा विदेशी भक्तजनको सहभागिता थियो ।

विश्व शान्तिको संकल्पसहित महायज्ञ सकिएको छ । महायज्ञका लागि ३ लाख २५ हजार रुपैयाँभन्दा बढी खर्च भएको आयोजकले जनाएको छ । अपेक्षा गरेअनुरुप रकम संकलन नभएको बताइएको छ । संकलित रकमले पोर्चुगल र नेपालमा मन्दिरसहितको आश्रम बनाउने योजना रहेको बताइएको छ ।

सात दिनसम्म भएको महायज्ञमा दैनिक पूजा, जलधारा, पाठ, ह्वन, ध्यान, प्रवचनका साथै भजनकीर्तनसमेत गरिएको थियो ।

‘द ट्रथ लभ अफ लिभिङ फाउण्डेशन’को आयोजनामा भएको महायज्ञमा प्रमुख वाचक शिवले शुद्धज्ञान, वेद, श्रीमद्भागवतका साथै सूर्य पुराण, शिव पुराण, जीवनको सत्यता र आत्मज्ञानबारे प्रवचन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?