जापानमा शक्तिशाली भूकम्प, एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
४३ पटक हेरिएको
Shares
जापानमा शक्तिशाली भूकम्प, एकको मृत्यु

सारांश

  • टोकियो ।
  • जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।
  • जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.

टोकियो । जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.५ म्याग्नीच्यूडको भूकम्प गएको हो ।

मौसम अधिकारीहरूले आगामी दिनमा पराकम्पन र पहिरो जान सक्ने भन्दै त्यहाँका बासिन्दालाई चेतावनी दिए पनि सुनामीको कुनै जोखिम नरहेको बताएका छन् ।

“त्यहाँ एक ठूलो, लामो कम्पनको महशुस गरिएको थियो । कम्पन करिब दुई मिनेटसम्म महशुस गरिएको थियो ।

“कम्पन निरन्तर चलिरह्या जसका कारण मलाई डर लाग्यो,”टढं सुजु शहरका एक स्थानीय सरकारी अधिकारीले आफ्नो नाम बताउन अस्वीकार गर्दै सार्वजनिक प्रसारक एनएचकेसँग बताए ।

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भूकम्पको क्षतिबारे राजधानी टोकियोमा पत्रकारहरुसँग कुरा गर्दै एक जनाको मृत्यु भएको र कैयौँ भवनहरु भत्किएको समाचार प्राप्त भएको बताएका छन् ।

सुजुका सङ्कट व्यवस्थापन अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार ती व्यक्तिको भ-याङबाट खसेर मृत्यु भएको थियो । भूकम्पका कारण अन्य २१ जना घाइते भएका छन् । स्थानीय अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार कम्तीमा तीन वटा संरचना ध्वस्त भएका छन् भने दुई जना फसेका छन् ।

एक जनालाई भग्नावशेषबाट निकालेर अस्पताल पठाइएको छ भने उद्धारकर्ताले अर्काको खोजी गरिरहेका छन् ।

एनएचकेको फुटेजमा परम्परागत काठका घरहरू भत्किएका वा ढलेका झ्यालहरू र क्षतिग्रस्त छानाहरू देखाइएको छ । आकाशबाट लिइएका तस्बीरमा केही क्षेत्रमा भूकम्पको कारण घरहरू पूर्ण वा आंशिकरूपमा क्षति भएको देख्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन्धारामा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु, एकजना घाइते
सुन्धारामा ट्यांकरको ठक्करबाट युवतीको मृत्यु, एकजना घाइते
चीनमा सिसाबाट बनेको पुल र पार्क (तस्विर)
चीनमा सिसाबाट बनेको पुल र पार्क (तस्विर)
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
काँग्रेस र वाम गठबन्धनबीच नै प्रतिष्पर्धा
काँग्रेस र वाम गठबन्धनबीच नै प्रतिष्पर्धा
हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति
हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार
चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार
यात्रा गर्दै हुनुहुन्छ ? नारायणगढ–चितवन सडकखण्ड रातिमा ६ घण्टा बन्द हुँदैछ
यात्रा गर्दै हुनुहुन्छ ? नारायणगढ–चितवन सडकखण्ड रातिमा ६ घण्टा बन्द हुँदैछ
आँखामा गाडिएको हँसिया यसरी निकालियो
आँखामा गाडिएको हँसिया यसरी निकालियो
विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थपियो
विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थपियो