पहिले कसले हान्छ क्षेप्यास्त्र ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
पहिले कसले हान्छ क्षेप्यास्त्र ?

सारांश

  • एजेन्सी ।
  •  उत्तर कोरीया र अमेरीकाकाको तनावले युद्धको रुप लिने खतरा बढेको छ ।
  • उत्तर कोरीयाले आफूमाथि प्रतिवन्धको विरोध गर्दै प्रशान्त महासागरमा रहेको अमेरीकी अखडामा हमला गर्ने समयसिमा तोके पछि अमेरीकाले पनि उत्तर कोरीयालाई विध्वंश गर्ने धम्की दिएको छ ।

एजेन्सी । उत्तर कोरीया र अमेरीकाकाको तनावले युद्धको रुप लिने खतरा बढेको छ । उत्तर कोरीयाले आफूमाथि प्रतिवन्धको विरोध गर्दै प्रशान्त महासागरमा रहेको अमेरीकी अखडामा हमला गर्ने समयसिमा तोके पछि अमेरीकाले पनि उत्तर कोरीयालाई विध्वंश गर्ने धम्की दिएको छ ।

यस्तोमा कसले पहिला क्षेप्यास्त्र प्रहार गर्ने हुन् भन्ने चिन्ता बढ्न थालेको छ । उत्तर कोरीयाका युवा राष्ट्रपति किम जोगं उन र अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुवै आक्रामक शैलीमा एक अर्का विरुद्ध उभिएका छन् र बिध्वंशको धम्की दिईरहेका छन् ।

यसबीच अब कोरीयाली प्रायद्धिपमा युद्ध भएमा यसको प्रत्यक्ष प्रभाव चीन तथा रुसमा समेत पर्ने छ । यस्तो अवस्थामा उत्तरकोरीयामाथि विनाशकारी हमला भएमा चीनले उत्तर कोरीयालाई सघाउने अनुमान बढ्न थालेको छ ।

चीनीया पत्रिका ग्लोबल टाईम्सले उत्तरकोरीयामाथि अमेरीकाले आक्रमण गरे र सत्ता परिवर्तनको खेल खेले चीनको हित प्रभावित हुने भएकाले तठस्थ बस्न नहुने टिप्पणी गरेको छ । यद्यपि, चीनले आधिकारीक रुपमा यस विषयमा बोलेको छैन ।

साथै प्रायद्धिप युद्धले शक्तिशाली मुलुक रुसमाथि पनि असर पर्ने भएकाले कतै यो युद्धले अन्तराष्ट्रिय मोड त लिदैन भन्ने गंभीर आशका पैदा भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?