सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्दै कामपा

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ६, २०८०
|
|
२१ पटक हेरिएको
Shares
सहरमा हरियाली प्रवद्र्धनका लागि एक लाख बिरुवा रोप्दै कामपा

सारांश

  • काठमाडौं ।
  • सहरमा हरियाली प्रवर्द्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौं महानगरपालिकाले शङ्खधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ ।
  • रोपिएका बिरुवा कपुर, धूपी र समीका छन् ।

काठमाडौं । सहरमा हरियाली प्रवर्द्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौं महानगरपालिकाले शङ्खधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ ।

रोपिएका बिरुवा कपुर, धूपी र समीका छन् । अभियानको थालनी गर्दै यसअघि कोटेश्वर–जडीबुटी सडक खण्डमा एक सय २० कपुरका बिरुवा रोपिसकिएको छ । सहरी हरियालीका प्रवर्द्धनका लागि एक लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियान रहेको नगर प्रमुख बालेन्द्र साहले बताए ।

सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको प्रमुख साहको भनाइ छ । चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउनसक्ने क्षमता भएका स्थानीय जातका बोट बिरुवालाई जोगाउने योजनाअनुरुप रैथाने (इडेमिक) र प्राकृतिक रुपमा उम्रने (इन्डिजेनियस) विरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।

सन् १८०२ मा एक वर्षसम्म काठमाडौंको नारायणहिटी र स्वयम्भूमा वैज्ञानिक बुचानन हामिल्टनले बोटबिरुवाको अध्ययन गरिएको थियो । त्यसबाट ४१ प्रजातिका बिरुवाको नाम नेवारी लवजमा राखिएको छ । अन्तरराष्ट्रियस्तरमा नेवारी लवजबाटै उच्चारण गरिने ती बिरुवा बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँ, गुँसीलगायतका हुन् ।

यी बिरुवाको वैज्ञानिक नाम क्रमशः बेटुला बोसिस्वाँ (अल्नस नेपालेन्सिस), लौरस नकुस्वाँ, डाँफे भोउलु, लुकुलिया ग्राटिसिमा, पोडोकार्पस नेरिफोलियस हो । यी बिरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित भएकाले जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्ने छ ।

वनस्पतिविज्ञ प्रकाश खड्गीका अनुसार नेपालमा पाइने एक सय ५८ प्रकारका रूख र ७५ प्रकारका बुटाहरु विश्वका अन्त कतै पाइँदैनन् । यहाँ तीन सय १२ प्रकारका रैथाने जातका बोट बिरुवा छन् । सडकको किनारा, पार्क वा घरमा जहाँ ठाउँ छ, त्यहाँ आफ्नै वातावरणमा परिचित बोट बिरुवा रोप्न वनस्पतिविज्ञको सुझाव छ ।

यसरी रोपिने बिरुवामा उत्तिस, काब्रो, लप्सी, सिमल, पैयूँ, लेक पाङ्ग्रा, सिरिङ्गे, मिकुसी स्वाँ जस्ता बिरुवा छन् । सहरको पानी, माटो, हावा, तापक्रम व्यवस्थापन गर्न वृक्षारोपण आवश्यक छ । यो आवश्यकता स्थानीय जातका बोटबिरुवाले पूरा गराउन सक्छन् ।

कामपाको उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका प्रमुख नवराज थापाका अनुसार रत्नपार्कसँगै खुल्ला मञ्च क्षेत्र तथा पार्कसँगै वडासँग समन्वय गरेर निर्धारण भएका ठाउँमा बिरुवा रोपिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विजयकुमार गच्छदारलार्इ बोलायो सर्वोच्चले
जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश
जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश
प्रेस स्वतन्त्रता मौलिक हकका रूपमा स्थापित भइसकेको छ : मन्त्री शर्मा
प्रेस स्वतन्त्रता मौलिक हकका रूपमा स्थापित भइसकेको छ : मन्त्री शर्मा
सुमार्गी दम्पति अन्तरास्ट्रिय रत्नबाट सम्मानित
सुमार्गी दम्पति अन्तरास्ट्रिय रत्नबाट सम्मानित
भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
विश्वका शक्तिशालीलाई हल्लाउने यौनकाण्डकामा संलग्न अर्बपतिको रहष्यमयी मृत्यु
विश्वका शक्तिशालीलाई हल्लाउने यौनकाण्डकामा संलग्न अर्बपतिको रहष्यमयी मृत्यु
यस्तो छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी प्रचार अभियान
महाकाली करिडोर विकासको मेरुदण्ड : प्रमुख सचेतक लेखक
महाकाली करिडोर विकासको मेरुदण्ड : प्रमुख सचेतक लेखक
कक्षा १०का विद्यार्थीले बनाएको गाडी चलाएरै देखाएपछि….
कक्षा १०का विद्यार्थीले बनाएको गाडी चलाएरै देखाएपछि….
दोस्रोपटक याैन सम्पर्क गर्न नमानेपछि प्रेमिले गरे प्रेमिकाकाे हत्या
दोस्रोपटक याैन सम्पर्क गर्न नमानेपछि प्रेमिले गरे प्रेमिकाकाे हत्या

तपाईंले छुटाउनुभयो कि?