दीपक नेपालको नेतृत्वमा वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ११, २०८०
|
|
२५ पटक हेरिएको
Shares
दीपक नेपालको नेतृत्वमा वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता

सारांश

  • काठमाडौं ।
  • काठमाडौं उपत्यकामा संचालित भैरहेका समस्त स्वरोजगार ट्याक्सी व्यावसायि तथा मजदुर चालकहरुको हकहित तथा अधिकार सुनिस्चित गर्न वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता भएको छ ।
  • दीपक नेपालको नेतृत्वमा वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता गरिएको हो ।

काठमाडौं । काठमाडौं उपत्यकामा संचालित भैरहेका समस्त स्वरोजगार ट्याक्सी व्यावसायि तथा मजदुर चालकहरुको हकहित तथा अधिकार सुनिस्चित गर्न वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता भएको छ ।

दीपक नेपालको नेतृत्वमा वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता गरिएको हो । उक्त समाजको केन्द्रीय अध्यक्षमा दीपक नेपाल, वरिष्ठ सल्लाहकार तथा कानुनी सल्लाहकारमा टोप बहादुर खत्री, वरिष्ठ उपाध्यक्षमा बाबुकाजी श्रेष्ठ रहेका छन् ।

त्यस्तै, महा – सचिवमा राजन कुमार श्रेष्ठ र सचिवमा शिव प्रसाद धरेल सहित २१ सदस्यीय पदाधिकारी रहने भएका छन् ।

हाल सट्टाभर्नाको लागि म्याद पुगेका र म्याद पुग्न लागेका राज्यलाई कर तिरिरहेका २००३ र २००४ मोडलका ट्याक्सीहरुलाई वाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयबाट एउटा मात्रै कम्पनी लाभान्वित हुनेगरी महँगो ट्याक्सी स्वोरोजगार चालक मजदुर हरुलाई लिन वाध्य पार्नेगरी ३५ दिने सूचना जारी गरिएको विषयमा विरोध गर्दै सो निति खारेजी गराउन र बजार प्रतिस्पर्धा अनुसार सबै कम्पनीका सबै किसिमका ट्याक्सी लिन पाउनुपर्ने व्यवस्था मिलाउनका लागि यस संस्थाले पहल गर्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?