राजदरबार हत्याकाण्डको आज २२ वर्ष पूरा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १९, २०८०
|
|
३४ पटक हेरिएको
Shares
राजदरबार हत्याकाण्डको आज २२ वर्ष पूरा

सारांश

  • काठमाडौं ।
  • नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पुगेको छ।
  • ०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो।

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पुगेको छ। ०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो।

हत्याकाण्डको ७ वर्षपछि ०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरियाे। नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, तत्कालिन युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, वीरेन्द्रकी बहिनी राजकुमारी जयन्ती, शान्ति र शारदासहितको ज्यान गएको थियो।

हत्याकाण्डपछि राजपरिवारका सदस्यहरुलाई नेपाली सेनाको छाउनी अस्पताल पुर्‍याइएको थियो । राजा वीरेन्द्र तथा रानी ऐश्वर्यको सोही दिन मृत्यु भएर कोमामा रहेका दीपेन्द्रलाई नयाँ राजा घोषणा गरिएको थियो ।

हत्याकाण्डको विषयमा अध्ययन गर्न तत्कालिन सभामुख तारानाथ रानाभाटको अध्यक्षतामा बनेको समितिले दरबार हत्याकाण्ड तत्कालिन युवराज दीपेन्द्रले गराएको प्रतिवेदन बुझाए पनि त्यसलाई धेरैले पत्याएनन् । प्रतिवेदनमा राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी देवयानी राणासँगको प्रेम प्रसंगका कारण दीपेन्द्रले हत्याकाण्ड मच्चाएको उल्लेख थियो ।

यस अवधिमा दरबार हत्याकाण्डमाथि थुप्रै टिकाटिप्पणी भए, पुस्तकहरु छापिए तर २२ वर्षसम्म यथार्थ कुरा बाहिर आउन सकेको छैन । राजा वीरेन्द्रपछि उनका भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेशम चाैधरी निर्दाेष छन् : अनिल झा
रेशम चाैधरी निर्दाेष छन् : अनिल झा
सरकारलाई राष्ट्रसंघको पत्रः महाभियोग फिर्ता नलिए सुरक्षा परिषदले कडा कदम चाल्ने चेतावनी
सरकारलाई राष्ट्रसंघको पत्रः महाभियोग फिर्ता नलिए सुरक्षा परिषदले कडा कदम चाल्ने चेतावनी
जुम्लाबाट राप्रपाका शाही निर्वाचित
जुम्लाबाट राप्रपाका शाही निर्वाचित
९ जनामा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल बन्द
९ जनामा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल बन्द
सुन तस्करी प्रकरण: पक्राउ परेका व्यवसायी पोद्दार सहित चार जनालाई पूरक अभियोग दर्ता
प्रतिशोध लिन भागरथीमाथि बलात्कार, गाउँमा भनिदिने डरले हत्या
देउवा सरकारद्वारा अर्बौ भ्रष्टाचारः अर्थमन्त्री डा. खतिवडा
देउवा सरकारद्वारा अर्बौ भ्रष्टाचारः अर्थमन्त्री डा. खतिवडा
कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ : मन्त्री गुरुङ
कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ : मन्त्री गुरुङ
वैशाख ९ मा एमाले-माओवादी पार्टी एकताको यसरी तयारी गर्दैछन्
वैशाख ९ मा एमाले-माओवादी पार्टी एकताको यसरी तयारी गर्दैछन्
ओलीले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र
ओलीले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र