गण्डकीको नीति तथा कार्यक्रम : दुर्गम पश्चिम बागलुङ क्षेत्रलाई प्राथमिकता

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०८०
|
|
३६ पटक हेरिएको
Shares
गण्डकीको नीति तथा कार्यक्रम : दुर्गम पश्चिम बागलुङ क्षेत्रलाई प्राथमिकता

सारांश

  • बलेवा।
  • बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिने भएको छ ।
  • गण्डकी प्रदेश सरकारले स्वास्थ्य केन्द्रलाई प्रदेश सरकार मातहतमा ल्याएर स्तरोन्नति गरिने भएको हो ।

बलेवा। बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य केन्द्रलाई प्रदेश सरकार मातहतमा ल्याएर स्तरोन्नति गरिने भएको हो । जिल्लाको पश्चिम क्षेत्रका बिरामीको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखा अस्पताललाई प्रदेश सरकार मातहत ल्याएर स्तरोन्नति गरिने उल्लेख गरे । बुर्तिबाङमा अस्पताल बने पश्चिम क्षेत्रका चार स्थानीय तह लाभान्वित हुनेछन् ।

ढोरपाटन नगरपालिका तथा बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका सर्वसाधारणलाई अस्पताल पुग्न एक सय किलोमिटर टाढा पुग्नुपर्ने बाध्यता छ । यहाँका बिरामीले सदरमुकाम बागलुङ बजार पुग्न बुर्तिबाङ बजारदेखि ९१ किलोमिटरको दूरी पार गर्नुपर्छ भने छिमेकी जिल्ला गुल्मीका अस्पताल पुग्नसमेत घन्टौँ यात्रा गर्नुपर्छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बागलुङ क्षेत्र नं २ प्रदेशसभा ‘ख’का प्रदेशसभा सदस्य दोर्ण कुँवरले सरकारले जिल्लाको पश्चिमको माग सम्बोधन गरेको उल्लेख गरेका छन्।

“हाम्रो अभ्यास पास भएको छ, बागलुङको पश्चिम क्षेत्रका जनताको आवाज सुनिने गरी नीति तथा कार्यक्रममा उत्तरगङ्गा जलाशययुक्त आयोजनालाई अगाडि बढाउने, सालझन्डी ढोरपाटन सडकको बुर्तिबाङ–ढोरपाटन खण्डको यथाशीघ्र सम्पन्न गर्न, काठेखोला–गल्कोट सुरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन गर्ने, प्राथमिक ट्रमा सेन्टर स्थापना गर्ने र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति नीति तथा कार्यक्रममा समावेश छ”, कुँवरले भने ।

प्रदेश सरकारले धौलागिरि अस्पताल बागलुङमा दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्न प्राथमिक ट्रमा सेन्टर स्थापना गर्ने नीतिमा उल्लेख गरेको छ । यहाँ ट्रमा सेन्टर स्थापना गर्ने चर्चा चलेको भने सात वर्ष बितेको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य हरि खड्काको नाममा ट्रमा सेन्टर सञ्चालनका लागि बागलुङ नगरपालिकाले नीति बनाएको थियो । चार वर्षअघि सङ्घ सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गरेको ट्रमा सेन्टरको विषय प्रदेश सरकारको नीतिमा परेको हो ।

यस्तै प्रदेश सरकारले संस्थागत सुत्केरीलाई जोड दिएको छ । प्रदेश प्रमुख गुरुङले ‘संस्थागत सुत्केरी प्रदेश’ घोषणा गर्ने नीति लिएको उल्लेख गरे । स्वास्थ्य बीमामा प्रदेशको सहभागिता, पत्रकारका लागि स्वास्थ्य बीमा, १० वर्ष मुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारलगायतका महत्वकाङ्क्षी कार्यक्रम समावेश गरिएका छन् । क्यान्सरको उपचारमा थप रु एक लाख सहयोग, मुटु र बालरोग अस्पताल स्थापना गर्ने नीति सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
सरिता गिरीको सांसद पद गुम्यो, जसपालाई नेतृत्वलाई चुनौती दिइन्
सरिता गिरीको सांसद पद गुम्यो, जसपालाई नेतृत्वलाई चुनौती दिइन्
विश्वविजेता फ्रान्स टर्कीसँग पराजित
विश्वविजेता फ्रान्स टर्कीसँग पराजित
आज काठमाडौँ उपत्यकामा भोटो जात्रा मनाइदै
आज काठमाडौँ उपत्यकामा भोटो जात्रा मनाइदै
कागजमा मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको त कुरै नगरौँ : सांसद वाग्ले
कागजमा मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको त कुरै नगरौँ : सांसद वाग्ले
पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै
पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै
अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि
अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि
स्वास्थ्य संस्थामा जीवनजलकै अभाव
स्वास्थ्य संस्थामा जीवनजलकै अभाव
९४ स्थानको मतपरिणाम सार्वजनिक, कुन दलले कति स्थान जिते ? (सूचिसहित)
९४ स्थानको मतपरिणाम सार्वजनिक, कुन दलले कति स्थान जिते ? (सूचिसहित)
यी हुन प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभामा १२ विजयी उम्मेदवारहरु (सूचीसहित)
यी हुन प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभामा १२ विजयी उम्मेदवारहरु (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?