संसदमा मागियाे प्रधानमन्त्रीको राजीनामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०८०
|
|
१९ पटक हेरिएको
Shares
संसदमा मागियाे प्रधानमन्त्रीको राजीनामा

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ।
  • पूर्वबाल लडाकुसहितले प्रधानमन्त्री प्रचण्ड र डा बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्नुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएपछि उनको राजीनामा मागिएको हो।

काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ।

पूर्वबाल लडाकुसहितले प्रधानमन्त्री प्रचण्ड र डा बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्नुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएपछि उनको राजीनामा मागिएको हो।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नैतिकताका आधारमा पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने माग गरेका हुन्।

प्रधानमन्त्रीका हिसाबले अदालतमा उपस्थित हुन नमिल्ने भन्दै उनले तत्काल प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएर अदालतलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए।

‘प्रतिनिधिसभा नियमावलीको २०६९ को नियम २६ अन्तर्गत प्रधानमन्त्रीज्यू यो संसदको सदस्य पनि हो । तर, प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा हाजिर हुन भनेर तारेख पर्चा पनि काटिसकेको छ। म यहाँ सोध्न चाहन्छु– ३० गते प्रधानमन्त्री अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल प्रचण्ड भएर ? युद्ध अपराधको मुद्दामा अदालतमा जाने कुरा.. यो देशले अपराध गरेको होइन ? व्यक्तिले गरेको हो ? त्यो भएर, म सम्मानीय सभामुखमार्फत् सम्माननीय प्रधानमन्त्रीज्यूले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन,’ सांसद शाहीले भने ।

शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका माधव सापकोटाले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे । ‘उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरी यी कुराहरू राख्नुभयो। उहाँले प्रधानमन्त्रीलाई एकोहोरो गैरराजनीतिक तरिकाका साथ लखेटिरहनुभएको छ। प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो। उहाँले बोलेको कुरा रेकर्डबाट हटाइयोस्,’ सांसद सापकोटाले भने । यसपछि सभामुख देवराज घिमिरेले दुवै सदस्यको भनाइप्रति ध्यानाकर्षण भएको भन्दै बैठक अघि बढाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अबको प्रधानमन्त्री केपी शर्मा ओली : प्रचण्ड
अबको प्रधानमन्त्री केपी शर्मा ओली : प्रचण्ड
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
जग्गाको कित्ताकाट खुला गर्न गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन
काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डला निर्माणका लागि रु तीन करोड संकलन
कम्युनिष्टका अग्रज श्रेष्ठको निधनप्रति वैद्य दुःखी
कम्युनिष्टका अग्रज श्रेष्ठको निधनप्रति वैद्य दुःखी
पत्रकार नै नक्कली धन्दामाः  यसरी परे तिमिल्सिना प्रहरीको फन्दामा
पत्रकार नै नक्कली धन्दामाः यसरी परे तिमिल्सिना प्रहरीको फन्दामा
अमेरिकी खुफिया एजेन्सी सीआईए परेवाबाट यसरी गराउँथ्यो जासुसी
अमेरिकी खुफिया एजेन्सी सीआईए परेवाबाट यसरी गराउँथ्यो जासुसी
साउन २७ गते सोमबारको राशिफल यस्तो छ
कुष्ठरोगका ८८ नयाँ बिरामी
कुष्ठरोगका ८८ नयाँ बिरामी

तपाईंले छुटाउनुभयो कि?