४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०८०
|
|
२७ पटक हेरिएको
Shares
४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

सारांश

  • अर्थ जङ्ग शाही बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस शुक्रवार विहान कपिलवस्तुमा दुर्घटना भएको छ।
  • ना ६ ख १३३९ नम्बरको बस विहान ५ बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको हो।
  • दुर्घटनामा परी चार पुरूष र दुई महिला गरी ६ जना घाइते भएका छन्।

अर्थ जङ्ग शाही

बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस शुक्रवार विहान कपिलवस्तुमा दुर्घटना भएको छ। ना ६ ख १३३९ नम्बरको बस विहान ५ बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको हो।

दुर्घटनामा परी चार पुरूष र दुई महिला गरी ६ जना घाइते भएका छन्। बसमा चालिस यात्रु सवार रहेको र हाल घाईतेहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मिन बहादुर घलेले जानकारी दिएका छन् ।

उनीहरूको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ। तीव्र गति र मोड भएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटना भएको सूचना प्राप्त भएको पाँच मिनेटमै प्रहरी घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ।

दुर्घटनापछि चालक भने फरार रहेका छन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?