गणेश बहादुर ‒प्राणमाया चित्रकार स्मृति कपमा केसिटीसी बिजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
गणेश बहादुर ‒प्राणमाया चित्रकार स्मृति कपमा केसिटीसी बिजयी

सारांश

  • नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा सम्पन्न प्रथम गणेश बहादुर‒प्राणमाया चित्रकार स्मृति कप अन्डर नाइन्टिन क्रिकेट प्रतियोगिता हिमालयन क्रिकेट एकेडेमी लाई १२रनले पराजित गर्दै काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बिजयी भएकोे छ ।
  •   काठमाण्डौको टुडिखेलमा सम्पन्न फाईनल खेलमा काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले टस जितेर ब्यटिङ गर्दै निर्धारित २० ओभर खेल्दै ८ वीकेटको क्षेतीमा १०८ रन बनाएकोे थियो ।
  • केसिटीसीका म्यान अफ द म्याच घोषित बिबेक राना लेसर्बाधिक ३० रन बनाउन सफल भएका थिए भने आदिल खानले २७ रन बनाए ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा सम्पन्न प्रथम गणेश बहादुर‒प्राणमाया चित्रकार स्मृति कप अन्डर नाइन्टिन क्रिकेट प्रतियोगिता हिमालयन क्रिकेट एकेडेमी लाई १२रनले पराजित गर्दै काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर बिजयी भएकोे छ ।

 


काठमाण्डौको टुडिखेलमा सम्पन्न फाईनल खेलमा काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले टस जितेर ब्यटिङ गर्दै निर्धारित २० ओभर खेल्दै ८ वीकेटको क्षेतीमा १०८ रन बनाएकोे थियो । केसिटीसीका म्यान अफ द म्याच घोषित बिबेक राना लेसर्बाधिक ३० रन बनाउन सफल भएका थिए भने आदिल खानले २७ रन बनाए । बलिङ तर्फ हिमालयन का प्रतिश जिसीले २ वीकेट लिएका थिए । जवाफी ब्यटिङ मा उत्रेको हिमालयन २० ओभरमा ७ वीकेटको क्षतीमा ९६ रनमा बनाउदा खेल गुमाएको थियो । हिमालयन जबन कार्की ले ३७का कुश मण्डलले मात्र १५ रन बनाए । त्यस्तै बलिङ तर्फ केसिटीसीका बिबेक राणा र शुर्य लामाले समान २÷२ वीकेट लिएका थिए


म्यान अफ द सिरिज हिमालयनका पबन कार्की, केसिटिसीका आदिल खान बेष्ट ब्याट्म्यान र हिमालयनका प्रतिश जिसी बेष्ट बलर घोषित भएका थिए ।


बिजेता र उप बिजेता लाई सुचना तथा सञ्चार राज्य मन्त्री तप्त बहादुर बिष्टले ट्रफी,मेडल र नगद पुरुष्कार बितरण गर्नु भएको थियो ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?