मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०८०
|
|
२४ पटक हेरिएको
Shares
मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्यो

सारांश

  • काठमाडौँ ।
  • मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
  • मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै सेमिफाइनलका लागि यात्रा तय गरेको हो ।

काठमाडौँ । मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै सेमिफाइनलका लागि यात्रा तय गरेको हो । यस जितसँगै नेपाल समुुह ए को विजेतासमेत बन्यो ।

नेपालले मलेसियालाई एक सय ८४ रनको लक्ष्य दिएकामा जवाफमा मलेसिया ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो । मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा २५ रन बनाए ।

त्यस्तै कप्तान मोहम्मद आलिफले १५ रन जोडे भने मुहम्मद अक्रमले १२ रन बनाए । त्यसबाहेक अन्य ब्याटसम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि अशोक धामीले चार विकेट लिए भने कप्तान अभिषेक तिवारीले तीन विकेट लिए । त्यस्तै सन्तोष यादवले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ८३ रन बनाएको थियो । नेपालका लागि अशोक धामीले सर्वाधिक ५२ रनको योगदान दिए । सुर्यांशु कोइराला र नरेन भट्टले समान २९ रन बनाए । त्यस्तै दीप भुजेलले १५ रन जोडे । निरजकुमार यादव आठ रनमा आउट भए ।

मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाइकाल र मुहम्मद अक्रमले समान दुई/दुई विकेट लिए भने मोहम्मद फतुलले एक विकेट झारे । यसहारसँगै मलेसिया समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
नर्भिकले १०० शैयायुक्त छुट्टै भवन बनाउने, दक्षिण–पूर्वी एशियाकै उत्कृष्ट बन्ने !
आज गणेश चतुर्थी पर्व
आज गणेश चतुर्थी पर्व
दशैं-तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र
दशैं-तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र
महिला क्रिकेटः १९ खेलाडी बन्द प्रशिक्षणमा
महिला क्रिकेटः १९ खेलाडी बन्द प्रशिक्षणमा
उत्तराखण्डः केदारनाथ, बद्रीनाथमा भारी हिमपात
उत्तराखण्डः केदारनाथ, बद्रीनाथमा भारी हिमपात
प्रचण्डले विप्लवका कार्यकर्तालाइ भने’जनयुद्धको नक्कल सम्भव छैन’
प्रचण्डले विप्लवका कार्यकर्तालाइ भने’जनयुद्धको नक्कल सम्भव छैन’
रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाण्डौँ संकटमा, चितवन सामु ९५ रनकाे झिनो लक्ष्य प्रस्तुत
सरकारले स्वेच्छिक अवकासमा जान लागेका कर्मचारी रोक्ने
सरकारले स्वेच्छिक अवकासमा जान लागेका कर्मचारी रोक्ने
एमालेको केन्द्रीय कमिटी बैठकमा ११ वटा एजेण्डामा छलफल
एमालेको केन्द्रीय कमिटी बैठकमा ११ वटा एजेण्डामा छलफल

तपाईंले छुटाउनुभयो कि?