कर्मचारी र सुरक्षाकर्मीले अग्रिम मतदान गर्न सक्ने, मतपत्रमा नो भोटको व्यवस्था (पूर्णपाठ)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०८०
|
|
२३ पटक हेरिएको
Shares
कर्मचारी र सुरक्षाकर्मीले अग्रिम मतदान गर्न सक्ने, मतपत्रमा नो भोटको व्यवस्था (पूर्णपाठ)

सारांश

  • काठमाडौं।
  • निर्वाचन आयोगले विदेशमा रहेका मतदातालाई नेपाली कूटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै प्रतिनिधि सभाको समानुपातिक तर्फको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउने भएको छ।
  • आज बसेको निर्वाचन आयोगको बैठकले ‘निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदालाई पारित गर्दै गृह मन्त्रालय मार्फत संसदमा पठाउने निर्णय गरेको छ ।

काठमाडौं। निर्वाचन आयोगले विदेशमा रहेका मतदातालाई नेपाली कूटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै प्रतिनिधि सभाको समानुपातिक तर्फको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउने भएको छ।

आज बसेको निर्वाचन आयोगको बैठकले ‘निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को मस्यौदालाई पारित गर्दै गृह मन्त्रालय मार्फत संसदमा पठाउने निर्णय गरेको छ ।

मस्यौदामा समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

आयोगले ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य, कानुनमा नो भोटको पनि व्यवस्था गर्न प्रस्ताव गरेको छ । यस्तै, एउटा तहमा चुनाव पराजित भएको व्यक्ति ५ वर्ष अर्को तहमा उम्मेदवार हुन नपाउने पनि प्रस्ताव गरेको छ ।

यस्तै कुनै एक राजनीतिक दलको सदस्य रहेको व्यक्ति त्यो दलको सदस्य त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उम्मेदवार हुन नसक्ने, समानुपातिक तर्फको निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन पर्यवेक्षक, विदेश भ्रमणमा जाने र कुनै व्यापार, व्यवसाय, रोजगारी वा स्वास्थ्योपचार गराई रहेका मतदाताले अग्रिम मतदान गर्न सक्ने समेत प्रस्ताव गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चको आदेश: होटल मल्लमा क्यासिनो सञ्चालनमा रोक नलगाउनु
सर्वोच्चको आदेश: होटल मल्लमा क्यासिनो सञ्चालनमा रोक नलगाउनु
डा. केसीको मागप्रति सरकार सकरात्मक, आजै अनशन तोडाउने गरी छलफल जारी
डा. केसीको मागप्रति सरकार सकरात्मक, आजै अनशन तोडाउने गरी छलफल जारी
अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री
अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री
आजदेखि पत्रकार महासंघ आन्दोलनमा, कालोपट्टि बाँधेर काम गर्ने
आजदेखि पत्रकार महासंघ आन्दोलनमा, कालोपट्टि बाँधेर काम गर्ने
बच्चा जन्माउने योजना बनाउनुअघि ध्यान दिनुपर्ने कुराहरु
बच्चा जन्माउने योजना बनाउनुअघि ध्यान दिनुपर्ने कुराहरु
तुलसीपुर कार्यपालिकाको बैठक ः साउन १ गतेबाट वडामै एकीकृत सम्पत्ति कर बुझिने
तुलसीपुर कार्यपालिकाको बैठक ः साउन १ गतेबाट वडामै एकीकृत सम्पत्ति कर बुझिने
रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी
रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी
असार २८ गते शनिबारको राशीफल यस्तो छ
एमालेले मुख्यमन्त्री टुंगो लगाउँदै, यस्ता छन् आकांक्षीहरु
कठजाेरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया
कठजाेरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया

तपाईंले छुटाउनुभयो कि?