श्रमिकको न्यूनतम तलब साउनबाट बढाउन सिफारिस

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०८०
|
|
५० पटक हेरिएको
Shares
श्रमिकको न्यूनतम तलब साउनबाट बढाउन सिफारिस

सारांश

  • काठमाडौं, असार ३० ।
  • सरकारले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी थालेको छ ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी गरेको हो ।

काठमाडौं, असार ३० । सरकारले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी गरेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेको नेतृत्वमा रहेको पारिश्रमिक निर्धारणका लागि गठित सुझाव समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई श्रमिकको ज्याला बढ्नेगरी सिफारिस गरेको छ ।

सरकारले श्रमिकहरूको न्यूनतम ज्याला बढाउने नीति लिएपछि मन्त्रालयले सुझाव समिति गठन गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत श्रमिकको ज्याला बढाउने नीति लिएको घोषणा गरेपछि मन्त्रालयले सुझाव समिति बनाएको थियो ।

सुझाव समितिमा मन्त्रालयका सहसचिव घिमिरेका अलावा संयुक्त ट्रेड युनियन महासंघका तीन जना, निजी क्षेत्रको प्रतिनिधित्व हुनेगरी उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका तीन जनाको सहभागिता रहेको थियो । नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयका प्रतिनिधिको पनि सहभागिता रहेको समितिले मुद्रास्फीति दरको आधार बनाएर कम्तीमा पनि श्रमिकको ज्याला बढाउनुपर्ने सुझाव दिएको छ ।

ट्रेड युनियनहरूले कम्तीमा पनि श्रमिकको न्यूनतम तलब २५ हजार हुनुपर्ने माग गरेका छन् भने उद्यमी व्यवसायीले तलब बढाउन सकिने अवस्था नरहेको बताउँदै आएका छन् ।

श्रमिक संगठन र उद्यमीहरूले आआफ्नो अडान नछोडेपछि समितिले सबैको कुरा समेटेर विभागीय मन्त्रीलाई प्रतिवेदन दिएको छ ।

समितिका संयोजक एवं सहसचिव घिमिरेले न्यूनतम तलब कति पुग्यो भनेर भनिहाल्न नमिल्ने बताए । उनले भने, ‘भोलि यसको विरोध आउन सक्ने भएकाले मन्त्रीस्तरीय निर्णय नभएसम्म यसलाई गोप्य नै राखिएको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता समितिका सभापति ज्योत्सना श्रेष्ठले देशभरिका उद्यमी व्यवसायीहरूले तलब बढाउन सक्ने अवस्था नरहेको भन्ने तर्क पेस गरेकाले न्यूनतम तलब बढाउन हतार गर्न नहुने बताए ।

कोरोना र युक्रेन युद्धलगायतका कारणले आर्थिक मन्दी छाएको अवस्थामा तलब बढाउनु भनेको उद्योगमा ताला लगाउनु भन्नुसरह भएकाले अझै पनि अर्थतन्त्र सामान्यकरण नभएसम्म तलब वृद्धि गर्न नहुने उद्यमीहरूको तर्क रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति श्रेष्ठले भनिन्, ‘हामी अझै पनि ट्रेड युनियनसँग छलफल गरिरहेका छौं । छलफलको निचोडले मात्र न्यूनतम ज्याला तय हुनेछ ।’

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले आर्थिक मन्दी छ भन्दैमा श्रमिकले जीवनयापन नै गर्न नसक्ने स्थिति पैदा गर्न नहुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली–प्रचण्डले थाले आन्तरिक गृहकार्य, के हुँदैछ भोलि चमत्कार ?
ओली–प्रचण्डले थाले आन्तरिक गृहकार्य, के हुँदैछ भोलि चमत्कार ?
कारोबारको पहिलो दिन २४ सय विन्दुभन्दा तल झर्यो नेप्से
कारोबारको पहिलो दिन २४ सय विन्दुभन्दा तल झर्यो नेप्से
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
सोमबार सरकारी कार्यालय सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
सोमबार सरकारी कार्यालय सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर
अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर
काठमाडौं मेट्रो रेलको काम सुरु , सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्म रेल कुँद्ने
काठमाडौं मेट्रो रेलको काम सुरु , सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्म रेल कुँद्ने
पार्टी एकताको समझदारीलाई अतिरञ्जित किन बनाउनु पर्योः प्रचण्ड
पार्टी एकताको समझदारीलाई अतिरञ्जित किन बनाउनु पर्योः प्रचण्ड
कांग्रेस बैठक स्थगित
कांग्रेस बैठक स्थगित
नमुना नेपालको साटो किन क्रिकेट मैदान बनाउदैछन् धुर्मुस सुन्तली ?
नमुना नेपालको साटो किन क्रिकेट मैदान बनाउदैछन् धुर्मुस सुन्तली ?
मंसिर १० गते मंगलबारको राशिफल यस्तो छ
मंसिर १० गते मंगलबारको राशिफल यस्तो छ