कांग्रेस बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
कांग्रेस बैठक स्थगित

सारांश

  • काठमाडौं : निर्वाचनको समीक्षा गर्न यही चैत ९ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।
  • पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको असामयिक निधन भएपछि उनीप्रति सम्मान प्रकट गर्दै आइतबारका लागि निर्धारित बैठक स्थगन भएको हो ।
  • पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार राति नेता खड्काको शव राजधानी ल्याइने र आइतबार बिहान ९ बजेसम्म सानेपास्थित उनकै निवासमा राखिनेछ ।

काठमाडौं : निर्वाचनको समीक्षा गर्न यही चैत ९ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।
पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको असामयिक निधन भएपछि उनीप्रति सम्मान प्रकट गर्दै आइतबारका लागि निर्धारित बैठक स्थगन भएको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार राति नेता खड्काको शव राजधानी ल्याइने र आइतबार बिहान ९ बजेसम्म सानेपास्थित उनकै निवासमा राखिनेछ ।

बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म खड्काको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने बताइएको छ । आइतबार अपराह्न १ बजेपछि आर्यघाटतर्फ शवयात्रा प्रारम्भ हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?