हिमालय एअरलाइन्स र अर्थोपेडिक अस्पतालबीच सहकार्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १, २०८०
|
|
२७ पटक हेरिएको
Shares
हिमालय एअरलाइन्स र अर्थोपेडिक अस्पतालबीच सहकार्य

सारांश

  • काठमाडौँ ।
  • नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्स र नेपाल अर्थोपेडिक अस्पतालबीच सहकार्य गरिने भएको छ ।
  • हिमालयले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालसँग सहकार्य गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्स र नेपाल अर्थोपेडिक अस्पतालबीच सहकार्य गरिने भएको छ । हिमालयले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालसँग सहकार्य गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ ।

एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले आज नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीलाई दुई टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेका हुन् ।

अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ । उक्त वार्डमा आवश्यकताका आधारमा आर्थिक अवस्था कमजोर भएका बिरामीले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउने अस्पतालले जनाएको छ ।

अस्पताल परिसरमा आयोजित हस्तान्तरण कार्यक्रमपछि एयरलाइन्सका अध्यक्ष एन्योङ्गले एयरलाइन्सले उडान क्षेत्रमा मात्रै नभई सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि सहयोग गर्ने बताए । उनले समाजप्रतिको जिम्मेवारी पूरा गर्नका लागि सहयोग गरिएको बताउँदै यस सहयोगबाट अस्पतालले थप गुणस्तरीय सेवा प्रदान गर्न मद्दत मिल्ने धारणा राखे ।

अध्यक्ष एन्योङ्गले अहिलेको सहयोगले आवश्यकता परेका बिरामीको उपचारमा सहज हुने बताए । उनले नेपाल अपाङ्ग सङ्घका पदाधिकारीद्वारा हेरचाह गरिने बालबालिकाका लागि अनाथ आश्रमका लागि पनि सहयोग गर्ने बताए । उनले एअरलाइन्सको इन्फ्लाइट पत्रिकाको नाफाबाट आउने केही अंश सामाजिक उत्तरदायित्वका लागि योगदान गर्ने प्रतिबद्धता जनाए । निर्देशक डा कैलाशकुमार भण्डारीले हिमालयकोतर्फबाट भएको मानवीय र उद्धार कार्यको प्रशंसा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानून कार्यान्वयनलाई चेतनास्तर बढाउनुपर्ने
कानून कार्यान्वयनलाई चेतनास्तर बढाउनुपर्ने
प्रतिनिधिसभा विघटन मुद्दा; पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
प्रतिनिधिसभा विघटन मुद्दा; पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
काठमाडौं ओर्लनेबित्तिकै मन्त्री बाँस्कोटा बालुवाटार जाने, अब के होला ?
काठमाडौं ओर्लनेबित्तिकै मन्त्री बाँस्कोटा बालुवाटार जाने, अब के होला ?
विमानस्थलको दमकल खरिदमा कमिसनको खेल !
विमानस्थलको दमकल खरिदमा कमिसनको खेल !
कालिकोटमा एकै टोलका तीन शिशुको मृत्यु
कालिकोटमा एकै टोलका तीन शिशुको मृत्यु
घोडा चढेर देशकै अग्लो हिमाल पुगे उत्तर कोरियाली नेता किम
घोडा चढेर देशकै अग्लो हिमाल पुगे उत्तर कोरियाली नेता किम
१३औँ साग : फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार
१३औँ साग : फुटबल, क्रिकेट र बिच भलिबलबाहेकका पूर्वाधार तयार
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
महासचिव घनश्याम भुसाललाई पितृशोक
महासचिव घनश्याम भुसाललाई पितृशोक
म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४-० ले स्तब्ध
म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४-० ले स्तब्ध

तपाईंले छुटाउनुभयो कि?