तेक्वान्दोमा नेपाललाई अर्को सफलता

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
२० पटक हेरिएको
Shares
तेक्वान्दोमा नेपाललाई अर्को सफलता

सारांश

  • तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बू मादेनले स्वर्ण पदक जित्नुभएको छ ।
  • सत्रदेखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा सिनाले स्वर्णपदक जित्नुभएको हो ।
  • उहाँले ८.

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बू मादेनले स्वर्ण पदक जित्नुभएको छ । सत्रदेखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा सिनाले स्वर्णपदक जित्नुभएको हो । उहाँले ८.१५० अङ्क जोड्दै स्वर्ण पदक जित्नुभयो । भारतकी रुपा बयोरले ८.१३० अङ्क जोड्दै रजत तथा श्रीलङ्काकी मेन्डिस नामुन्नीले ७.९६० अङ्क जोड्दै कास्य पदकमा चित्त बुझाउनुभयो ।
टिम कातामा नेपाललाई स्वर्ण

त्यसैगरी आजै भएको कराँतेतर्फको खेलमा नेपालले अर्को स्वर्ण पदक हात पारेको छ । नेपाली पुरुष काता टोलीले सागको कराँतेअन्तर्गत टिम कातामा स्वर्ण पदक हात पारेको हो । सातदोबाटोस्थित कराँते हालमा भएको एकल कातामा स्वर्ण जितिसक्नुभएका मण्डेकाजी श्रेष्ठसहित प्रवीण मानन्धर र महसुस तामाङको टोलीले ‘स्कोर’ गर्दै स्वर्ण जित्नुभएको हो ।

नेपालले फाइनल खेलमा श्रीलङ्कालाई पराजित गरेको हो । नेपाली टोलीले फाइनलमा २५.५४ अङ्क प्राप्त गर्यो । यता श्रीलङ्काले २५.२८ अङ्क प्राप्त गर्यो ।

त्यसअघि बङ्गलादेशलाई हराउँदै नेपाल अन्तिम दुईमा पुगेको थियो । नेपाली टोलीले २५.१४ स्कोर गर्दा बङ्गलादेशले २४.८८ स्कोर गरेको थियो । श्रीलङ्काले पाकिस्तानलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो । सागमा नेपालको यो छैटौँ स्वर्ण पदक हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?