विमानस्थलको दमकल खरिदमा कमिसनको खेल !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
विमानस्थलको दमकल खरिदमा कमिसनको खेल !

सारांश

  • काठमाडौं,  २४ जेठ ।
  • नागरिक उड्डयन प्राधिकरणमा दमकल खरिदका लागि लाखौं रुपैयाँ कमिसनको खेल भएको छ ।
  • प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र खरिद शाखाका प्रमुख कुलप्रसाद सिम्खडाको मिलेमतोमा सार्वजानिक खरिद ऐनविपरीत महँगो दरमा टेन्डर हाल्नेलाई दमकल खरिद अनुमति दिँदा कमिसनको ठूलो खेल भएको बताइन्छ ।

काठमाडौं,  २४ जेठ । नागरिक उड्डयन प्राधिकरणमा दमकल खरिदका लागि लाखौं रुपैयाँ कमिसनको खेल भएको छ ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र खरिद शाखाका प्रमुख कुलप्रसाद सिम्खडाको मिलेमतोमा सार्वजानिक खरिद ऐनविपरीत महँगो दरमा टेन्डर हाल्नेलाई दमकल खरिद अनुमति दिँदा कमिसनको ठूलो खेल भएको बताइन्छ । तर, त्यहाँ सबै आवश्यक मापदण्ड पु¥याएर न्यूनतम दरमा टेन्डर हाल्नेलाई नदिई महँगो दरमा हाल्ने महावीर श्री इन्टरनेसनल प्रालिलाई खरिद अनुमति दिइएको  बुधबार साप्ताहिकमा खबर छ  । प्राधिकरणले गत आइतबार सो कम्पनीलाई खरिद आशयपत्र पनि दिइसकेको छ । तर, यसो गर्दा लाखौंको चलखेल भएको प्राधिकरण स्रोत बताउँछ ।

स्रोतका अनुसार धनगढी विमानस्थलका लागि आवश्यक दमकलको खरिदका लागि अनुमानित लागत १२ करोड थियो, तर त्यसमा ६२ लाख बढाइएको छ ।

दमकल खरिदमा ठूलै आर्थिक चलखेल भएको भन्दै अघिल्लो मंगलबार पर्यटन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनको माग गदै उजुरी पनि परेको छ । अख्तियारमा परेको उजुरीको दर्ता नं १८०८५ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?