दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती हाे : अर्थमन्त्री डा महत

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १, २०८०
|
|
२२ पटक हेरिएको
Shares
दिगो विकास लक्ष्य हासिल गर्न अविकसित मुलुकलाई ठूलो चुनौती हाे : अर्थमन्त्री डा महत

सारांश

  • काठमाडौँ ।
  • भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महतले दिगो विकास लक्ष्य प्राप्त गर्न अल्पविकसित मुलुकका लागि चुनौतीपूर्ण रहेको बताएका छन् ।
  • भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा उनले राजस्व स्रोतको अभाव र बढ्दो सार्वजनिक ऋणको दायित्वका कारण अल्पविकसित मुलुकमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौती थपिएको बताएका हुन् ।

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महतले दिगो विकास लक्ष्य प्राप्त गर्न अल्पविकसित मुलुकका लागि चुनौतीपूर्ण रहेको बताएका छन् ।

भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा उनले राजस्व स्रोतको अभाव र बढ्दो सार्वजनिक ऋणको दायित्वका कारण अल्पविकसित मुलुकमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौती थपिएको बताएका हुन् ।

स्रोत अभावका कारण स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको उनले बताए । । अल्पविकसित र विकासोन्मुख मुलुकका लागि अनुदान र सहुलियतपूर्ण आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनका लागि पनि अर्थमन्त्री डा महतले उक्त सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे ।

सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एशियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्थाहरूको सहभागिता रहेको छ ।

जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा विश्वअर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका विषय सत्रमा छलफल भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ । सम्मेलन भोलि मङ्गलबारसम्म चल्नेछ । अर्थमन्त्री डा महत बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेपत्ता भएकी श्रीमती अर्कैसँग होटलमा रंगेहात भेटीएपछि…
बेपत्ता भएकी श्रीमती अर्कैसँग होटलमा रंगेहात भेटीएपछि…
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
चुनाव कुनै पनि हालतमा रोकिदैन, उम्मेदवार र मतदातालाई सुरक्षादिन सरकार तयार छ-ज्ञानेन्द्रबहादुर कार्की
वित्तीय जवाफदेहिता सुनिश्चित गर्न आर्थिक कार्यविधि ऐन ल्याइने
वित्तीय जवाफदेहिता सुनिश्चित गर्न आर्थिक कार्यविधि ऐन ल्याइने
गोरखाको गण्डकी गाउँपालिमा काँग्रेसको अग्रता
गोरखाको गण्डकी गाउँपालिमा काँग्रेसको अग्रता
ईट्टा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ
ईट्टा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
प्रहरी र तीनपाङ्ग्रे व्यवसायीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस र गोली प्रहार (फोटो फिचरसहित)
प्रहरी र तीनपाङ्ग्रे व्यवसायीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस र गोली प्रहार (फोटो फिचरसहित)
Congratulations! Jiya Thakur becomes the winner of ‘DID L’il Masters 4’
Congratulations! Jiya Thakur becomes the winner of ‘DID L’il Masters 4’
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ ।  ; एमाले’
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ । ; एमाले’
ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास
ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास

तपाईंले छुटाउनुभयो कि?