प्रधानमन्त्रीले गरे बाढी प्रभावितको आकाशबाटै निरीक्षण

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
५१ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले गरे बाढी प्रभावितको आकाशबाटै निरीक्षण

सारांश

  • विराटनगर ।
  •   प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च सुरक्षा अधिकारीको टोलीले अविरल वर्षापछि आएको बाढीबाट प्रभावित पूर्वी नेपालका जिल्लाको हवाई निरीक्षण गरेका छन् ।
  • प्रधानमन्त्री देउवाले सोमबार दिउँसो झापा, मोरङ, सुनसरी र सप्तरीको बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गरेका छन ।

विराटनगर ।  प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्च सुरक्षा अधिकारीको टोलीले अविरल वर्षापछि आएको बाढीबाट प्रभावित पूर्वी नेपालका जिल्लाको हवाई निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री देउवाले सोमबार दिउँसो झापा, मोरङ, सुनसरी र सप्तरीको बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गरेका छन । उनीसँगै निरीक्षणमा आधा दर्जन मन्त्रीले पनि हेलिकप्टरबाट बाढी र डुबान क्षेत्रको अवलोकन गरेका छन् ।

प्रधानमन्त्रीसँगै रक्षामन्त्री भिमसेन दास प्रधान, गृहमन्त्री जनाद्र्धन शर्मा र सुरक्षा निकायका प्रमुखहरु सवार पहिलो हेलिकोप्टरले पूर्वी नेपालको बाढीप्रभावित क्षेत्र निरीक्षण गरेको हो ।

आकाशबाटै निरीक्षण गरेपछि प्रधानमन्त्री देउवा सुनसरी इटहरीस्थित नेपाली सेनाको पृतना कार्यालयमा ओर्लिर बाढी त्यसको प्रभाव र वस्तुस्थितिबारे जानकारी लिएका छन् । प्रधानमन्त्रीले राहत तथा उद्धारमा कुनै कमजोरी नगर्न निर्देशन दिएका छन ।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा आएको दोस्रो हेलिकप्टरले पनि बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेको छ । गच्छदारसँगै अर्थमन्त्री ज्ञानेन्द्र कार्की, वाणिज्य मन्त्री मिनकुमार विश्वकर्मा त्यो टोलीमा थिए । प्रधानमन्त्री देउवा सोमबार नै काठमाडौ फर्किने सुरक्षास्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवामा कोरोना भाइरस नभएको पुष्टि
रसुवामा कोरोना भाइरस नभएको पुष्टि
भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिताः ३० देशका ४०० खेलाडी सहभागी हुने
भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिताः ३० देशका ४०० खेलाडी सहभागी हुने
काठ व्यापारीसँग दुई लाख घुस उठाएर काठमाडौं पस्न खोज्दा‘
काठ व्यापारीसँग दुई लाख घुस उठाएर काठमाडौं पस्न खोज्दा‘
राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ
राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ
पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा
पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा
संसदमा राष्ट्रयि सूचना आयोगको वार्षकि प्रतविेदन पेस, अर्को बैठक आइतवार बस्ने
संसदमा राष्ट्रयि सूचना आयोगको वार्षकि प्रतविेदन पेस, अर्को बैठक आइतवार बस्ने
वाम एकतामा ७० वर्षको उमेर हदमा विवाद
वाम एकतामा ७० वर्षको उमेर हदमा विवाद
एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित
एसियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित
सरकारलाइ ट्रेड यूनियनकाे चेतावनी
सरकारलाइ ट्रेड यूनियनकाे चेतावनी
नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई, हिसिला यमि सहित ६० जना पक्राउ
नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई, हिसिला यमि सहित ६० जना पक्राउ