अश्लील गतिविधि गर्ने अधिकृत निरौलालाई २४ घन्टाभित्र हाजिर हुन मन्त्री मोदीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १५, २०८०
|
|
२९ पटक हेरिएको
Shares
अश्लील गतिविधि गर्ने अधिकृत निरौलालाई २४ घन्टाभित्र हाजिर हुन मन्त्री मोदीको निर्देशन

सारांश

  • काठमाडौं ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री अमनलाल मोदीले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाई २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएका छन् ।
  • मन्त्री मोदीले सोमबार गोप्य÷अति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री अमनलाल मोदीले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाई २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएका छन् ।

मन्त्री मोदीले सोमबार गोप्य÷अति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।

गत शनिबार सरकारी क्वार्टरमा महिलासँगको अश्लील गतिविधि गरेको भिडियो सार्वजनिकपछि उनी विवादमा तानिएका थिए ।

आज विवादित बनेका निरौलालाई दमक नगरपालिकाका कर्मचारीहरुले कार्यालय प्रवेशमा समेत रोक लगाएका थिए ।

मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको टिकटक लाइभबाट सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?