कांग्रेसका कारण चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुन सकेन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
कांग्रेसका कारण चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुन सकेन

सारांश

  • काठमाडाै, ३२ असार ।
  • सरकारले अनसनरत डा गोविन्द केसीका माग बेवास्ता गर्दै सोमबार संसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरे पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण विधेयक पेश हुन सकेन।
  • चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनशनरत डा गोविन्द केसीको असहमतिका बीच सरकारले विधेयक संसदमा पेश गर्ने तयारी गरेको थियो।

काठमाडाै, ३२ असार । सरकारले अनसनरत डा गोविन्द केसीका माग बेवास्ता गर्दै सोमबार संसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरे पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण विधेयक पेश हुन सकेन। चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनशनरत डा गोविन्द केसीको असहमतिका बीच सरकारले विधेयक संसदमा पेश गर्ने तयारी गरेको थियो।

सोमबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी गराएको थियो। डा केसीसँग वार्ता गर्ने प्रयास गरिरहेको सरकारले त्यस अगावै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्न लागेको थियो। डा केसीसँग वार्ता अगाडि बढाउने र सहमतिका आधारमा विधेयक संशोधन गर्न सकिने सरकारले बताएको थियो।

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्यको माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा केसी जुम्लामा अनशन बसेको १६ दिन भइसकेको छ। सरकारले वार्ताका लागि अनशन छाडेर काठमाडौं आउन आग्रह गरे पनि उनले मानिरहेका छैनन्। केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याउनु पर्ने बताउँदै आएको छ।

त्यसमा काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइने लगायतका विषय उल्लेख छन्। जसलाई मान्न नसकिने वर्तमान सरकारले बताउँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परदेशीको पिडा समेटेर बसन्त र कुलेन्द्रको सहकार्यमा अर्को प्रस्तुति (भिडियो सहित)
‘मालदार अड्डा’ छाडेर प्रदेश झर्न अटेरी कर्मचारी
‘मालदार अड्डा’ छाडेर प्रदेश झर्न अटेरी कर्मचारी
माधव नेपाललाई तनावै तनाव, भन्छन ‘ओली र दाहालको मनपरी स्वीकार्य हुँदैन’
माधव नेपाललाई तनावै तनाव, भन्छन ‘ओली र दाहालको मनपरी स्वीकार्य हुँदैन’
जब आक्रमणकारी र चर्चका पदारीबीच जम्का भेट भयो…
जब आक्रमणकारी र चर्चका पदारीबीच जम्का भेट भयो…
सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित
सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित
नेपाली खेलाडीको अर्को विश्व कीर्तिमान : सन्दिप बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी
नेपाली खेलाडीको अर्को विश्व कीर्तिमान : सन्दिप बने सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी
रास्वपा सभापति रवि लामिछानेको तिहार हिरासतमै !
रास्वपा सभापति रवि लामिछानेको तिहार हिरासतमै !
John Abraham and Aisha Sharma starrer ‘Satyameva Jayate’ song ‘Paniyon Sa’ is a romantic number!
John Abraham and Aisha Sharma starrer ‘Satyameva Jayate’ song ‘Paniyon Sa’ is a romantic number!
१३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ
१३ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ
वनका कर्मचारीको यस्तो मनपरि
वनका कर्मचारीको यस्तो मनपरि

तपाईंले छुटाउनुभयो कि?