धादिङमा माइक्रोबस दुर्घटना, १२ जना घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २३, २०८०
|
|
२६ पटक हेरिएको
Shares
धादिङमा माइक्रोबस दुर्घटना, १२ जना घाइते

सारांश

  • मलेखु ।
  • पोखराबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ ।
  • दुर्घटनामा चालकसहित १२ घाइते भएका छन् ।

मलेखु । पोखराबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा चालकसहित १२ घाइते भएका छन् । तीव्र गतिमा रहेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा तीन महिला र नौ पुरुष छन् ।

छ जना गम्भीर घाइते छन् । गम्भीर घाइतेमध्ये तीन जनालाई काठमाडौँ पठाइएको र गम्भीर घाइते थप तीन जनालाई गजुरी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ लाने तयारी भइरहेको प्रहरी कार्यालय गजुरीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

उनका अनुसार सामान्य घाइतेको गजुरीका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । माइक्रोबसमा दुई जना बच्चासहित १६ जना सवार थिए । बच्चाको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?