क्षतिपूर्ति नदिने दुई मेन पावर व्यवसायीको लाइसेन्स खारेज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २५, २०८०
|
|
४० पटक हेरिएको
Shares
क्षतिपूर्ति नदिने दुई मेन पावर व्यवसायीको लाइसेन्स खारेज

सारांश

  • काठमाडौं।
  • वैदेशिक रोजगार विभागले श्रम करारबमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ।
  • पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि-स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिएको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए।

काठमाडौं। वैदेशिक रोजगार विभागले श्रम करारबमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ।

पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि-स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिएको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार दुवै कम्पनीले पीडितलाई क्षतिपूर्ति नदिएको र क्षतिपूर्ति दिन आनाकानी गर्दै आएपछि उनीहरुको इजाजतपत्र नै खारेज गरिएको हो।

विभागले एक सूचना प्रकाशित गरी डिलक्स एचआर सोलुसन र डि-स्क्वार्ड ग्रुप म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५१ बमोजिम पीडितको क्षतिपूर्तिबापतको रकम इजाजतपत्र प्राप्त संस्थाको धरौटीबाट फिर्ता गराई वा क्षतिपूर्ति भराई रु एक लाख जरिवाना गर्ने र इजाजतपत्र रद्द गर्ने निर्णय गरेको जनाएको छ।

युएई गएका १७ जना बाइक राइडरले आफूहरुले सम्झौताअनुसार काम नपाएको भन्दै विभागमा उजुरी दिएको विभागले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन क्षेत्र निर्धारण आयोग भोलि गठन हुने
निर्वाचन क्षेत्र निर्धारण आयोग भोलि गठन हुने
आन्दोलन र पार्टी पुर्नगठनको एजेन्डामा केन्द्रित नेकपा प्रचण्ड समूहको बैठक
आन्दोलन र पार्टी पुर्नगठनको एजेन्डामा केन्द्रित नेकपा प्रचण्ड समूहको बैठक
प्रचण्डले  माओवादी चलाउन नसकेर एमालेमा विलय गराए : बाबुराम भट्टराई
प्रचण्डले माओवादी चलाउन नसकेर एमालेमा विलय गराए : बाबुराम भट्टराई
लि क्वान युका सल्लाहकारसँग कुरा गरेँ, नेपाललाई सिँगापुरजस्तै बनाउन सक्छौँ: प्रचण्ड
लि क्वान युका सल्लाहकारसँग कुरा गरेँ, नेपाललाई सिँगापुरजस्तै बनाउन सक्छौँ: प्रचण्ड
एकता संयोजन समितिको बैठक आज
एकता संयोजन समितिको बैठक आज
लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीले दिए राजीनामा
किन माओबादी चुनाब चाहदैन…
किन माओबादी चुनाब चाहदैन…
व्यवसायीको कोटामा विदेश जाँदै कर्मचारी
अर्घाखाँचीको नरपानीमा दुई पक्षबीच दोहोरो भिडन्त, स्थिति नियन्त्रणबाहिर, दुई घाइते
अर्घाखाँचीको नरपानीमा दुई पक्षबीच दोहोरो भिडन्त, स्थिति नियन्त्रणबाहिर, दुई घाइते
नेपाल टेलिभिजनको ओरालो यात्रा, आधुनिक उपकरण प्रयोगमै ल्याइँदैन