एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २९, २०८०
|
|
५० पटक हेरिएको
Shares
एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

सारांश

  • काठमाडौँ ।
  • नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ ।
  • आगामी भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले आज नेपाली टोलीको घोषणा गरेको हो ।

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया कप क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ ।

आगामी भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले आज नेपाली टोलीको घोषणा गरेको हो ।

छनोट हुने नेपाली टोलीमा कप्तान पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी र प्रतिश जिसी रहेका छन् ।

त्यसैगरी किशोर महत्तो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छानिएका छन् । पहिलो पटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह बीमा श्रीलङ्का बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलङ्कामा खेल्नेछ ।

नेपालले र पाकिस्तानबीचको पहिलो खेल आगामी भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ । नेपाल र भारत बीचको खेल भने श्रीलङ्कामा हुनेछ । उक्त खेल भदौ १८ गते हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल पत्रकार महासङ्घ काठमाडाँैको नयाँ नेतृत्वकालागि आज निर्वाचन
नेपाल पत्रकार महासङ्घ काठमाडाँैको नयाँ नेतृत्वकालागि आज निर्वाचन
बाघले बच्चा खायो
बाघले बच्चा खायो
देशभक्तको हाइकु ‘अमृतप्रेम’ लोकार्पण
देशभक्तको हाइकु ‘अमृतप्रेम’ लोकार्पण
कहाँबाट आईस……..सिमाना मा नेपाली लाई ठाडो प्रश्न
कहाँबाट आईस……..सिमाना मा नेपाली लाई ठाडो प्रश्न
पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै
पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै
सत्तापक्षकै प्रस्तावमा लेखा समितिमा प्रतिपक्ष सभापति
सत्तापक्षकै प्रस्तावमा लेखा समितिमा प्रतिपक्ष सभापति
पाँच नम्बरका मुख्यमन्त्री पोख्रेललाई भौतिक पूर्वाधार खोज्नै हम्मेहम्मे
पाँच नम्बरका मुख्यमन्त्री पोख्रेललाई भौतिक पूर्वाधार खोज्नै हम्मेहम्मे
आज अफ्रिका जाँदै सन्दिप लामिछाने
आज अफ्रिका जाँदै सन्दिप लामिछाने
‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग
‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग
फ्री कल सुबिधा सहित ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा पनि अब ग्राहकले आफै भाडा तोक्न मिल्ने
फ्री कल सुबिधा सहित ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा पनि अब ग्राहकले आफै भाडा तोक्न मिल्ने