आजको सूर्यग्रहणमा कुन राशिलाई के योग ?
सारांश
- ज्योतिष केशव गौतमले सूर्यग्रहण लागेको बेला आठ राशीले सूर्यग्रहण हेर्न वर्जित रहेको बताए ।
- सूर्यग्रहणको बेला धनु राशीको मूल नक्षत्रमा रहने हुनाले धनु राशी र मूल नक्षत्र भएका ब्यक्तिले सूर्य ग्रहण हेर्न नहुने उहाँ सुझाउनुहुन्छ ।
- उहाँले यसपटकको सूर्यग्रहण चार राशीका लागि मात्रै लाभ योग रहेको प्रष्ट्याए ।
ज्योतिष केशव गौतमले सूर्यग्रहण लागेको बेला आठ राशीले सूर्यग्रहण हेर्न वर्जित रहेको बताए । सूर्यग्रहणको बेला धनु राशीको मूल नक्षत्रमा रहने हुनाले धनु राशी र मूल नक्षत्र भएका ब्यक्तिले सूर्य ग्रहण हेर्न नहुने उहाँ सुझाउनुहुन्छ । उहाँले यसपटकको सूर्यग्रहण चार राशीका लागि मात्रै लाभ योग रहेको प्रष्ट्याए । कर्कटलाई सुख प्राप्ति, तुलालाई श्री÷यश÷मानको प्राप्ती हुने तथा कुम्भ राशी भएकाले धन, पदलाभ हुनसक्ने र मीन राशीलाई सुख प्राप्ती हुनेछ ।
मेष : माननाश
वृष : कष्ट
मिथुन : स्त्रीपीडा
कर्कट : सुख
सिंह : चिन्ता
कन्या : व्यथा
तुला : श्रीप्राप्ति
बृश्चिक : क्षति
धनु : घात
मकर : खर्च
कुम्भ : लाभ
मीन : सुखदायी
ज्योतिष शास्त्रले ग्रहणको बेला सूर्य बसेको राशीबाट अन्य राशीहरुको अवस्थितिको आधारमा विभिन्न राशीको योग पत्ता लगाउँछ ।
प्रतिक्रिया