बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन पार्टीका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन पार्टीका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
आज भएको तीन दलका शीर्ष नेताहरुबीचको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, प्रधानमन्त्रीको न्युयोर्क र चीन भ्रमण र संसद्मा विचाराधिन रहेको टीआरसी विधेयक तथा संघीय संसदको बर्खे अधिवेशनका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज नै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । सभामुखसँग पनि उनले टीआरसी विधेयक संसद्बाट अघि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेको बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया