‘आर्थिक मुद्दासँग सुरक्षा मामिला जोड्नु असान्दर्भिक’

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०८०
|
|
३५ पटक हेरिएको
Shares
‘आर्थिक मुद्दासँग सुरक्षा मामिला जोड्नु असान्दर्भिक’

सारांश

  • नयाँदिल्ली ।
  • चीनले आर्थिक सहयोग एवं साझेदारीका मुद्दालाई सुरक्षासँग जोड्न नहुने बताएको छ ।
  • साथै बेइजिङले विपक्षीहरूलाई असान्दर्भिक र अमान्य विषय नउठाउन आह्वान गरेको छ ।

नयाँदिल्ली । चीनले आर्थिक सहयोग एवं साझेदारीका मुद्दालाई सुरक्षासँग जोड्न नहुने बताएको छ । साथै बेइजिङले विपक्षीहरूलाई असान्दर्भिक र अमान्य विषय नउठाउन आह्वान गरेको छ ।

नयाँदिल्लीमा जारी जी २० शिखर सम्मेलनका क्रममा बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग आइतबार बिहान भएको भेटवार्तामा चीनका प्रधानमन्त्रीले ली छ्याङले दुई भिन्न विषयलाई मिसाएर असान्दर्भिक अभ्यासमा लाग्नु श्रेयस्कर नभएको बताए ।

चीन र बेलायतले व्यापार र आर्थिक सहयोगलाई राजनीति र सुरक्षासँग मिसाउने प्रवृत्तिको विरोध गर्नुपर्ने, खुला विश्व अर्थतन्त्रको निर्माणलाई प्रवर्द्धन गर्ने र विश्व व्यापार सङ्गठनको केन्द्रमा रहेको बहुपक्षीय व्यापार प्रणालीलाई संयुक्त रूपमा समर्थन एवं प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

चीन र बेलायत दुवै स्वतन्त्र व्यापारका पक्षपाती, अभ्यासकर्ता र लाभापेक्षी भएकाले पारस्परिक सहकार्य र साझेदारीका निम्ति उनले आफ्ना समकक्षीसँग आह्वान गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?