बिपीको विचारलाई अङ्गीकार गरौँ : डा शेखर कोइराला

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०८०
|
|
२५ पटक हेरिएको
Shares
बिपीको विचारलाई अङ्गीकार गरौँ : डा शेखर कोइराला

सारांश

  • मनहरि ।
  • नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालले राष्ट्रियता कमजोर भएको भन्दै बिपीको अनुयायी भएर लाग्नुपर्नेमा जोड दिएका छन्।
  • आज हेटौँडामा बिपी विचार समाज मकवानपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै राष्ट्रियताको सवालमा बिपीको सिद्धान्तअनुरुप गुणस्तरीय शिक्षा, स्वास्थ्यमा जोड दिन नसक्दा देश कमजोर भएको बताए ।

मनहरि । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालले राष्ट्रियता कमजोर भएको भन्दै बिपीको अनुयायी भएर लाग्नुपर्नेमा जोड दिएका छन्। आज हेटौँडामा बिपी विचार समाज मकवानपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै राष्ट्रियताको सवालमा बिपीको सिद्धान्तअनुरुप गुणस्तरीय शिक्षा, स्वास्थ्यमा जोड दिन नसक्दा देश कमजोर भएको बताए । उनले सबै कांग्रेसी कार्यकर्ता एक ढिक्का भएर अघि बढ्न समेत आग्रह गरे ।

बिपीले भनेको सिद्धान्तअनुसार पैसाको अभावले कोही पनि नागरिक पढ्नबाट वञ्चित हुनु नपर्ने, सामाजिक सुरक्षा र सामाजिक न्यायमा सबैको उत्तिकै पहुँच हुनुपर्ने कुरालाई राज्यले अङ्गाल्न नसकेकोमा आफूलाई दुःखलागेको बताए ।

देशको परराष्ट्रनीति कमजोर हुँदा विदेशीले हेप्ने परिपाटी देखिएकाले परराष्ट्र नीति बलियो बनाउनुपर्ने उनको भनाइ छ । उनले देशमा दण्डहिनता बढेको भन्दै राज्य उत्तरदायित्व र पारदर्शी हुन नसकेको आरोप लगाए ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण सिङ्गो लोकतान्त्रिक व्यवस्थामाथि भएको भन्दै बिपीको आर्दश सिद्धान्त भुलेका कारण यस्तो अराजकता बढेको उनको धारणा छ ।
बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक देशमा जातीय द्वन्द्वले देशलाई विखण्डित बनाउने भन्दै भ्रष्टाचार दण्डहिनता र पारदर्शीताको विचारलाई गम्भीर भएर बुझ्नुपर्नेमा जोड दिए । पार्टीभित्र व्यक्तिवादी चरित्र हाबी भएको भन्दै यसलाई सुधार गरेर एक ढिक्का हुन नेता र कार्यकर्तालाई आग्रह गरे ।

बिपी विचार समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभापति एंव प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ, प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, जिल्ला सभापति बद्ध लामा, चितवनका जिल्ला सभापति राजेश्वर खनाललगायतले बिपीका विषयमा विचार राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल विश्वकपमा छनोट
नेपाल विश्वकपमा छनोट
रिह्यावमा आएका घिमिरेको मृत्युमा आफ्ना सदस्यहरु दोषी नरहेको भन्दै परिवारका सदस्यहरु मिडियामा, माथिल्लो अदालत जाने घोषणा
रिह्यावमा आएका घिमिरेको मृत्युमा आफ्ना सदस्यहरु दोषी नरहेको भन्दै परिवारका सदस्यहरु मिडियामा, माथिल्लो अदालत जाने घोषणा
आजदेखि लागू हुनेगरी हवाई भाडा समायोजन
आजदेखि लागू हुनेगरी हवाई भाडा समायोजन
जाजरकोट बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु
सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानु उपयुक्त…
सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानु उपयुक्त…
भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा
भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा
चन्द्रग्रहण,कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? के गर्ने, के नगर्ने
चन्द्रग्रहण,कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? के गर्ने, के नगर्ने
भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्रीः ‘मान्यज्युहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ’
भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्रीः ‘मान्यज्युहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ’
भतिजको नामबाट भोट हाल्न खोज्ने   पक्राउ
भतिजको नामबाट भोट हाल्न खोज्ने पक्राउ
जसपा अध्यक्ष यादवले मोरङ र अशोक राईले उदयपुरबाट मतदान गर्ने
जसपा अध्यक्ष यादवले मोरङ र अशोक राईले उदयपुरबाट मतदान गर्ने

तपाईंले छुटाउनुभयो कि?