साफ यू-१९ च्याम्पियनसिप : नेपाललाई हराउँदै भारत फाइनलमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०८०
|
|
२५ पटक हेरिएको
Shares
साफ यू-१९ च्याम्पियनसिप : नेपाललाई हराउँदै भारत फाइनलमा

सारांश

  • काठमाडौं ।
  • साफ यू–१९ च्याम्पियनसिपको सेमिफाईनलमा नेपाललाई हराउँदै भारत फाइनलमा पुगेको छ ।
  • दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा पेनाल्टी सुटआउटमा नेपाललाई ३–२ गोल अन्तरले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको सेमिफाईनलमा नेपाललाई हराउँदै भारत फाइनलमा पुगेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा पेनाल्टी सुटआउटमा नेपाललाई ३–२ गोल अन्तरले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । खेलमा अग्रता भारतले २६ औं मिनेटमा शाहिल खुर्सिदको गोलबाट लिएको थियो । पहिलो हाफमा भारत १–० ले अघि बढेको थियो । दोस्रो हाफमा नेपाल समिर तामाङको गोलबाट खेलमा फर्किएको थियो । खेलको ७३ औं मिनेटमा समिरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

भारतले उपाधिकालागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा भुटानलाई सडनडेथमा हराउँदै पाकिस्तान फाइनल प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?