काठमाडौँ–दिल्लीको भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०८०
|
|
३० पटक हेरिएको
Shares
काठमाडौँ–दिल्लीको भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो

सारांश

  • काठमाडौं ।
  • काठमाडौँबाट धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार रुपैयाँ पु¥याउँदा चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।
  • देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो ।

काठमाडौं । काठमाडौँबाट धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार रुपैयाँ पु¥याउँदा चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् ।

निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा सात हजार नौसयबाट वृद्धि गरी रु१७ हजारभन्दा बढी पु¥याएको गुनासो यात्रुको छ ।चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गरे ।

उनले भने, “काठमाडौँदेखि नयाँ दिल्लीको हवाई भाडा रु सत्र हजारभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।” चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसारनै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताए ।

“मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ”, उनले भने, “चाड पर्वको बेला काठमाडौँबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाडौं जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ ।”

भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ । हाल काठमाडौँ–धनगढीको भाडादर १४ हजार सातसय एकदेखि १७ हजार एकसय ८६ लिने गरिएको छ । धनगढीदेखि काठमाडौँसम्मको भाडा भने निम्नतम सात हजार नौ सय छ । गएको साउन महिनादेखि यात्रुको हवाई टकटमा मूल्य अभिवृद्धि कर(भ्याट) समेत जोड्ने गरिएको छ ।

यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडौंमा चारसय र धनगढीमा पाँच सय तोकिएको छ ।धनगढी विमानस्थलबाट बुद्धएयर र श्री यएरलायन्सले काठमाडौँ–धनगढी–काठमाडौँसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ ।
निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
ककपीट–टावर वार्ता–अलमलै अलमल
ककपीट–टावर वार्ता–अलमलै अलमल
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
भ्रष्टाचारको  आरोपमा पक्राउ परेका चूडामणि शर्माको मुद्दालाई यथास्थितिमा राख्न विशेष अदालतद्वारा आदेश
भ्रष्टाचारको आरोपमा पक्राउ परेका चूडामणि शर्माको मुद्दालाई यथास्थितिमा राख्न विशेष अदालतद्वारा आदेश
आन्तरिक विवादले साक्षर घोषणा हुन सकेन
आन्तरिक विवादले साक्षर घोषणा हुन सकेन
प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’
माधवकुमार नेपाल हेलिकप्टर लिएर रुकुमकी छोरी भेट्न पुगेपछी…
माधवकुमार नेपाल हेलिकप्टर लिएर रुकुमकी छोरी भेट्न पुगेपछी…
सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा, ट्वीटरमा पोखे आक्रोस
सन्दीप लामिछानेले पाएनन् अमेरिकाको भिसा, ट्वीटरमा पोखे आक्रोस
मृगौला प्रत्यारोपण गर्छु अनि ढुक्कले अझै ३ वर्ष सरकार चलाउँछुः ओली
मृगौला प्रत्यारोपण गर्छु अनि ढुक्कले अझै ३ वर्ष सरकार चलाउँछुः ओली
निषेधाज्ञामा यसरी गरिदैछ कडाई

तपाईंले छुटाउनुभयो कि?