चलचित्र ‘बिच्छेद’को गीत ‘गाजले’ सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०८०
|
|
३१ पटक हेरिएको
Shares
चलचित्र ‘बिच्छेद’को गीत ‘गाजले’ सार्वजनिक

सारांश

  • काठमाडौं।
  • मङ्सिर ८ मा रिलिज हुने चलचित्र ‘बिच्छेद’को गीत सार्वजनिक भएको छ।
  • ‘गाजले’ शीर्षकको गीतमा राम अविरल बिस्टको शब्द रचना, एसडी योगीको सङ्गीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको छ।

काठमाडौं। मङ्सिर ८ मा रिलिज हुने चलचित्र ‘बिच्छेद’को गीत सार्वजनिक भएको छ। ‘गाजले’ शीर्षकको गीतमा राम अविरल बिस्टको शब्द रचना, एसडी योगीको सङ्गीत तथा योगी र ऋतिका श्रेष्ठको स्वर रहेको छ। चलचित्रका प्रमुख कलाकारहरू मुकुन भुसाल र लक्ष्मी बर्देवा फिचर्ड गीतमा प्रेम भाव प्रकट गरिएको छ। यसका कोरियोग्राफर सुरेन बसेल हुन्।

अभिनयमा उम्दा कलाकारहरू भुसाल र बर्देवाले यसअघि चर्चित चलचित्र ‘बुलबुल’मा एकसाथ अभिनय गरेका थिए। यस चलचित्रबाट लामो समय एकसाथ नदेखिएको यो जोडीले पुनः पहिचान प्राप्त गर्ने अपेक्षा गरिएको छ।

निर्देशक सत्यराज चौलागाईँका अनुसार ‘बिच्छेद’ नेपाल रिलिजसँगै अन्य विभिन्न मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी भइरहेको छ। अभिनेता मुकुन भुसालले लेखेको कथामा निर्देशक चौलागाईँले पटकथा लेखेका छन्। गाउँले परिवेशमा आधारित रहेको यो चलचित्रको छायांकन रामेछापको एक गाउँमा गरिएको छ।

मुकुन र लक्ष्मीका अलावा यस चलचित्रमा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ। संकल्प भुजेलको छायांकन, भूपेन्द्र अधिकारी को सम्पादन रहेको छ। समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र रेनिश फागोको कलर ग्रेडिङ रहेको छ।

चलचित्रका गीतमा एसडी योगी, सुरज थापा र आशिश महरको सङ्गीत, सत्यराज चौलागाईँ र राम अविरल विष्टको शब्द रचना रहेको छ भने एसडी योगी, सुनिता थेगिम, ऋतिका श्रेष्ठ, सुरज थापा र आशिश महरको स्वर रहेको छ।

चलचित्रका निर्माताहरू राज कुमार पण्डित, दिमेश श्रेष्ठ सुवास राई र सावित्री बज्राचार्य हुन्। सह निर्माता प्रबिन राजथला हुन्। नवीन पुरीले प्रोडक्शन डिजाइन गरेको यस चलचित्रलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाण्डौंका बँ पसः (फूटपाथे पसल) अवसर की चुनौती ?
काठमाण्डौंका बँ पसः (फूटपाथे पसल) अवसर की चुनौती ?
स्वास्थ्यमन्त्री ढकालको घोषणा : आवश्यक परे स्वास्थ्य संकटकालको घोषणा गर्छौं
स्वास्थ्यमन्त्री ढकालको घोषणा : आवश्यक परे स्वास्थ्य संकटकालको घोषणा गर्छौं
सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!
सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!
प्रधानसेनापति भारत उडे, कामु प्रधानसेनापतिले अमेरिकी जनरलसँग भेट !
प्रधानसेनापति भारत उडे, कामु प्रधानसेनापतिले अमेरिकी जनरलसँग भेट !
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाबारे फेरि बहस
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाबारे फेरि बहस
जग्गाको नक्सा अनलाइनबाटै लिने व्यवस्था गर्न राष्ट्र बैँकको निर्देशन
जग्गाको नक्सा अनलाइनबाटै लिने व्यवस्था गर्न राष्ट्र बैँकको निर्देशन
पहिले देश अनि विदेश : आन्तरिक पर्यटन
पहिले देश अनि विदेश : आन्तरिक पर्यटन
शेयर बजार : दोहोरो अङ्कको वृद्धि
शेयर बजार : दोहोरो अङ्कको वृद्धि
माछा बिक्रीबाट स्वरोजगार बन्दै तामाङ
माछा बिक्रीबाट स्वरोजगार बन्दै तामाङ
प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाई भोलि
प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाई भोलि

तपाईंले छुटाउनुभयो कि?