भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०८०
|
|
२४ पटक हेरिएको
Shares
भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

सारांश

  • काठमाडौं।
  • जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ।
  • केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो।

काठमाडौं।जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ। केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो।

उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए। “कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ”, उनले भने।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिए। उनले पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उल्लेख गरे।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चारवटा पराकम्प गइसकेको छ । केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर सोही राति १२ः८ बजे ४ दशमलव ५, १२ः २९ बजे ४ दशमलव २, १२ः३५ बजे ४ दशमलव ३ र शनिबार दिउँसो ३ः४० बजे ४ दशमलव २ रेक्टरस्केलको पराकम्प गएको छ।

उक्त भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ व्यक्तिको निधन भइसकेको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण : प्रम ओली
चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण : प्रम ओली
एमाले सचिव ज्ञवालीद्वारा आक्रमणको निन्दा
एमाले सचिव ज्ञवालीद्वारा आक्रमणको निन्दा
भरतपुरमा पुनः मतदान गराउने निर्णयबारे सर्वोच्चमा सुनुवाइ शुरु
भरतपुरमा पुनः मतदान गराउने निर्णयबारे सर्वोच्चमा सुनुवाइ शुरु
बलात्कारको बदला परिवारकै सामू बलात्कारीको बहिनीको बलात्कार
बलात्कारको बदला परिवारकै सामू बलात्कारीको बहिनीको बलात्कार
बेलायतका ६ सांसद ६ दिने नेपाल भ्रमणमा, यस्तो छ भेटघाटको तालिका
बेलायतका ६ सांसद ६ दिने नेपाल भ्रमणमा, यस्तो छ भेटघाटको तालिका
अमेरिका लैजाने भन्दै पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी
अमेरिका लैजाने भन्दै पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी
वडा अध्यक्षले जग्गा खाइदिए पछि माने दमाईको रुवाबासी
वडा अध्यक्षले जग्गा खाइदिए पछि माने दमाईको रुवाबासी
रुसमा ७.७ रिक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी
रुसमा ७.७ रिक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी
वीर अस्पतालका डा. ध्रुवराज अधिकारीले ऐन मिचेको तथ्य फेला
वीर अस्पतालका डा. ध्रुवराज अधिकारीले ऐन मिचेको तथ्य फेला
कुसुन्डा भाषा संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ : मन्त्री शर्मा
कुसुन्डा भाषा संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ : मन्त्री शर्मा

तपाईंले छुटाउनुभयो कि?