चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण : प्रम ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण भएको बताएका छन् ।
- गौरा पर्वको अवसरमा आज शुभकामना दिंदै प्रधानमन्त्रीले, सदभाव र एकताको प्रबद्र्धन गर्ने हाम्रा अनेकौं पर्वमध्येको गौराले नेपालीबीच सदभाव अझ मजबूद बन्ने बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण भएको बताएका छन् ।
गौरा पर्वको अवसरमा आज शुभकामना दिंदै प्रधानमन्त्रीले, सदभाव र एकताको प्रबद्र्धन गर्ने हाम्रा अनेकौं पर्वमध्येको गौराले नेपालीबीच सदभाव अझ मजबूद बन्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयास नेपालीले सधैं परास्त गरेको स्मरण गरे ।
प्रधानमन्त्री ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व भएको बताएका छन् ।
विशेषगरी कर्णाली र ७ नम्बर प्रदेशमा मनाइने पर्वले नेपालको साँस्कृतिक एकतालाई थप मजवुद बनाएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, “नेपालका विभिन्न भाषा, संस्कृति, भेषभुषा, रीतिरिवाज, संस्कारले विविधता बीच एकता, आपसीसम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।”

प्रतिक्रिया