बर्नलीमाथि आर्सनल ३-१ ले विजयी
सारांश
- काठमाडौं।
- इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बर्नलीलाई पराजित गरेको छ।
- गएराती सम्पन्न खेलमा आर्सनलले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बर्नलीलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा आर्सनलले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड, विलियम सलिबा र ओलेक्जान्द्र जिन्चेकोले एक एक गोल गरेका थिए। त्यसैगरी यस खेलमा आर्सनलका फाबुओ भएइराले रातो कार्ड पाएका थिए। त्यस्तै बर्नलीका लागि जोश ब्राउनहिलले एक गोल गरेका थिए।
यो जितपछि आर्सनलको १२ खेलमा २७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै बर्नलीको यो हारपछि १२ खेलमा केवल ४ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया