आज किराँत समुदायको उधौली पर्व

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०८०
|
|
४२ पटक हेरिएको
Shares
आज किराँत समुदायको उधौली पर्व

सारांश

  • काठमाडौं।
  • प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ।
  • हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ।

काठमाडौं। प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ।

हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ।

किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ। यस चाडमा किराँतीहरु एकापसमा भेला भएर संगठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन्।

किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ।

वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो। बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्दछ। यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ।

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी
सन्दीप लामिछाने धरौटीमा छाड्न आदेश
सन्दीप लामिछाने धरौटीमा छाड्न आदेश
वामदेव फकाउँदै ओली, महाधिवेशनबाट अध्यक्ष बनाउने प्रस्ताव !
वामदेव फकाउँदै ओली, महाधिवेशनबाट अध्यक्ष बनाउने प्रस्ताव !
बिराटनगरमा अवैधानिक  झण्डा, नेपाल सरकारको अनुमतिविना भारतले यो झण्डा  फहराएको हो ।
बिराटनगरमा अवैधानिक झण्डा, नेपाल सरकारको अनुमतिविना भारतले यो झण्डा फहराएको हो ।
युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान
युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान
विष्फोट श्रृंखलाः के सरकारमाथि नै शंका गर्नुपर्ने हो ?
विष्फोट श्रृंखलाः के सरकारमाथि नै शंका गर्नुपर्ने हो ?
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
ओलीको गृहजिल्लाका कांग्रेस सभापतिको दुर्घटनामा परी मृत्यु
ओलीको गृहजिल्लाका कांग्रेस सभापतिको दुर्घटनामा परी मृत्यु
नेयमार र एम्बाप्पेका कारण रियल मड्रिडमा हाइअलर्ट
नेयमार र एम्बाप्पेका कारण रियल मड्रिडमा हाइअलर्ट
आर्थिकमन्दीको प्रभाव : घटे घरबासमा पाहुना
आर्थिकमन्दीको प्रभाव : घटे घरबासमा पाहुना