चितवनमा चरा गणना सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०८०
|
|
२३ पटक हेरिएको
Shares
चितवनमा चरा गणना सुरु

सारांश

  • चितवन ।
  • चितवनमा चरा गणना सुरु भएको छ ।
  • वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो ।

चितवन । चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो ।

सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट सुरु भएको भए पनि यहाँ आजबाट सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिनेछ । पूर्वी चितवनमा नौ स्थानमा चरा गणना गरिने छ । यसपछि पश्चिम चितवनमा सुरु गरिने उनले जानकारी दिए ।

उनले भने, ‘आजदेखि आगामी माघ ७ गतेभित्र चरा गणना गरिसकिनेछ ।’ गणनाका लागि विभिन्न समूह निर्माण गरी कामलाई अघि बढाइएको उनले बताए । पश्चिम चितवनको दिव्यनगर, कसरा पुलबाट पश्चिम र रिउखोलामा पूर्वी चितवनको गणना सकिएलगत्तै गरिने छ ।

बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकर्डरलगायतको प्रयोग गरी चरा गणना गरिने उनले बताए। जिल्लामा छ सय ५० भन्दा बढी प्रजातिका चरा पाइन्छ । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता, गठबन्धनमा सामेल हुन देउवाको प्रस्ताव
प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता, गठबन्धनमा सामेल हुन देउवाको प्रस्ताव
आत्तिएका यादव र नडगमगिएका प्रचण्ड
आत्तिएका यादव र नडगमगिएका प्रचण्ड
‘प्रचण्ड जी र म जन्मजात शत्रु थिएनौ, नाच्न सिकाउनेले आफैले नाचेर देखाउन्: प्रधानमन्त्री ओली
सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन
सुनसरीका ६३ कृषक समूहलाई बुधबार मोबाइल फोन
बिहानसम्मको निर्वाचन मतपरिणाम : नगरमा कांग्रेस, गाउँमा एमाले
बिहानसम्मको निर्वाचन मतपरिणाम : नगरमा कांग्रेस, गाउँमा एमाले
युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउनुपर्ने माग
एमसिए-नेपालद्वारा १८ किमि प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
एमसिए-नेपालद्वारा १८ किमि प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस
काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस
कांग्रेस खुम्चिएर माइतीघर भन्दा बाहिर आमसभा गर्न-नसक्ने अवस्थामा पुग्छ: प्रधानमन्त्री ओली
जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार
जलेश्वर कारागारका कैदी अस्पतालबाट फरार

तपाईंले छुटाउनुभयो कि?