घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०८०
|
|
२१ पटक हेरिएको
Shares
घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

सारांश

  • काठमाडौं ।
  • आज मंगलबार नेपाली बजारमा फेरि सुनको मूल्य घटेको छ ।
  • कारोबार साताको दोश्रो दिन हिजो सोमबार घटेको सुनको मूल्य आज कारोबार साताको तेश्रो दिन मंगलबार पनि तोलामा २०० ले घटेको हो ।

काठमाडौं । आज मंगलबार नेपाली बजारमा फेरि सुनको मूल्य घटेको छ । कारोबार साताको दोश्रो दिन हिजो सोमबार घटेको सुनको मूल्य आज कारोबार साताको तेश्रो दिन मंगलबार पनि तोलामा २०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?