नव निर्वाचित सांसद कंगना रनौत माथि एयरपोर्टमा थप्पड प्रहार
सारांश
- काठमाडौँ ।
- नवनिर्वाचित भाजपा सांसद तथा अभिनेत्री कंगना रनौतमाथि एयरपोर्टमा थप्पड हानिएको छ ।
- उनीमाथि चन्डीगढ विमानस्थलमा थप्पड हानिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
काठमाडौँ । नवनिर्वाचित भाजपा सांसद तथा अभिनेत्री कंगना रनौतमाथि एयरपोर्टमा थप्पड हानिएको छ । उनीमाथि चन्डीगढ विमानस्थलमा थप्पड हानिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
उनलाई एयरपोर्टमा सेक्युरिटी चेकइन गरिरहेको बेला एलसीटी कुलविंदर कौरले थप्पड हानेकी थिइन् । त्यसपछि कंगनासँगै रहेका अन्य यात्रुले कौरलाई पनि थप्पड हान्ने प्रयास गरेको बताइएको छ । प्रहरीले अहिले कौरलाई नियन्त्रणमा लिएको छ ।
कंगना भारतको हिमाचल प्रदेशको मंडी निर्वाचन क्षेत्रबाट लोकसभामा निर्वाचित भएकी छिन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया